बिराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरुलाई संयुक्तरुपमा भीड नियन्त्रण अभ्यास गराईएको छ । आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको अभ्यास मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा प्रदेश प्रहरी कार्यालय बिराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सशस्त्र प्रहरी बल नेपाल नं.३ गण हेडक्वाटर कंकालिनि मोरङका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई स्थानिय प्रशासन ऐन २०२८ बमोजिम सिलसिलेवार बल प्रयोगको सिद्धान्त अनुसार भीड नियन्त्रण अभ्यास गराईएको हो ।
आन्दोलन तथा बिरोधका क्रममा हुने भीडलाई मानव अधिकारको संरक्षण गर्दै भीड तितर बितर बनाई स्थिति सामान्य बनाउन प्रहरीलाई भीड नियन्त्रण अभ्यास गराएको हो । जिल्लामा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्नको निमित्त दुवै संगठन एकै साथ परिचालन हुने भएको हुँदा भीड नियन्त्रणको लागि संयुक्त अभ्यास गरिएको हो ।
संयुक्त भीड नियन्त्रण अभ्यास सम्पन्न

































































































