झापा । नेपाल जेसीजले प्रदान गर्ने मासिक अवार्ड अन्तरगत वीरता जेसीज फ़रवरीमा उत्कृष्ठ भएको छ । उत्कृष्ठ शाखा भएसंगै वीरता जेसीजले फरवरी २०२३ को क्षेत्र ‘ए’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ ।
काठमाडौँमा सम्पन्न नेशनल काउन्सिलर एकाडेमी समापन समारोहमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, ट्रेनर पायलट तथा नेपाल जेसीजको पूर्व अध्यक्ष, महेश दहाल, ट्रेनर को–पायलट मिलन गुरुङ, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेत, राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवारले संयुक्त रुपमा वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीलाई उत्कृष्ट शाखा अवार्ड प्रदान गरेका थिए ।
पदभार ग्रहण गरेपछि निरन्तर जेसीज अभियानमा जोडिएको यस शाखाले गरेको कार्य सम्पादनको आधारमा फ़रवरी महिनाको अवार्ड प्राप्त गरेको शाखा अध्यक्ष चौधरीले जानकारी दिए । शाखाले विभिन्न तालिमसहित सम्मान लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो ।
अवार्ड प्राप्तसँगै शाखाको गरिमा उच्च राख्दै सामाजिक कार्यलाई निरन्तर अघि बढाउँदै आगामी दिनमा रचनात्मक काम गर्न अझ हौसला प्राप्त भएको अध्यक्ष चौधरीले बताए ।
नेपाल जेसीजकाे उत्कृष्ट शाखा अवार्ड वीरता जेसीजलाई

































































































