चारआली । झापाको मेचीनगर –१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) मतदान सम्पन्न भएको छ ।
चारआलीस्थित शहिद दशरथ माविमा बिहान ७ बजेदेखि जारी रहेको मतदान अपरान्ह ५ बजे मतदान सम्पन्न भएको निर्वाचन समिति सदस्य गोपाल प्याकुरेलले जानकारी दिए । निर्वाचनमा १ हजार जनाले मतदान गरेका छन् ।
मेचीनगर–१३ का कृष्णकुमार श्रेष्ठको नाम नै मतदान पुस्तिकामा नहुँदा अधिकारबाट बन्चित भएको गुनासो गरे । श्रेष्ठले वनको सदस्य नविकरण गरेपनि कर्मचारीले रसिदमा कार्वन नराखी नविकरण गर्दा सदस्यको अभिलेख छुटेर गल्ती भएको वनको पदाधिकारीको भनाई छ । सदस्य नवीकरणका लागि १ सय रुपैयाँ बुझाउनुपर्छ । श्रेष्ठ जस्तै २० जना बढीको मतदान पुस्तिकामा छुटेको हुनसक्ने निर्वाचन आयोगका सदस्य गोपाल प्याकुरेलले जानकारी दिए । उनका अनुसार दाबी/बिरोधको समयमा ८ जनाले प्रमाणसहित निवेदन दिएपछि सदर गरेको तथा अन्यको उक्त समयमा दाबी नपरेको र वन समितिको वर्तमान नेतृत्वको कमजोरीका कारण २० जनाले मतदान गर्न पाउने अधिकारबाट बन्चित भएको सदस्य प्याकुरेलको भनाई छ ।
श्रीमान् वनको सदस्य र उत्तराधिकारीको रुपमा श्रीमतिको मतदान गर्न पाउने वनको नियम छ । प्रगतिशिल समुहले आफ्नो प्यानलको सदस्यमा लीलादेवी कार्कीलाई उम्मेदवार उठाएको थियो । उम्मेदवार कार्की स्वयमले मतदान पुस्तिकामा आफ्नो नाम नभएको पाएपछि उक्त बिषय बाहिर आएको थियो । उत्तराधिकारीलाई उम्मेदवार घोषणापछि मात्रै सर्वदलीय छ्लफलले सदस्यले मात्रै उम्मेदवार बन्न र मतदान गर्न पाउने सहमति गरेपछि कार्कीको उम्मेदवारी नै अन्योलमा परेको छ ।
वन समितिको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त प्यानलले वन समितिका वर्तमान अध्यक्ष चन्द्रप्रसाद सिग्देलको नेतृत्वमा उम्मेद्वार मैदानमा उतारेको छ भने नेकपा एमालेले भोजराज पराजुलीलाई अध्यक्षको उम्मेद्वार बनाएर प्यानल नै चुनावी मैदानमा उतारेको छ ।
एक हजार एक सय ६४ मतदाता रहेकोको भएपनि १ सय ६४ जनाले निर्वाचन सहभागी हुन नपाएको मोहन अधिकारीले जानकारी दिए ।
हातेमालोको चुनाव सम्पन्न, कर्मचारीको गल्तिले सदस्यले मतदान गर्न पाएनन्

































































































