Homeसमाचारलोकतन्त्रका उपलब्धी जोगाउन तरुण युवालाई आग्रह

लोकतन्त्रका उपलब्धी जोगाउन तरुण युवालाई आग्रह

बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले जनताले संघर्ष गरेर प्राप्त गरेको उपलब्धीलाई मास्ने षडयन्त्र भएको तर्फ चनाखो रहन तरुण युवा विद्यार्थीलाई आग्रह गरेका छन् ।
झापा क्षेत्र नं. २ अन्तर्गतका क्याम्पसहरुमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बिजयी नेपाल विद्यार्थी संघका उम्मेदवारहरुको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता बुढाथोकीले जनताका विरुद्ध षडयन्त्र गर्नेहरु कहिल्यै सफल नभएको इतिहास सुनाए ।
२ नं. क्षेत्रका पाँचवटा क्याम्पस मध्ये चारवटामा भएको निर्वाचनमा नेविसंघले तीनवटा क्याम्पसमा जीत हासिल गरेको थियो । गरामनी क्याम्समा नेविसंघलाई उम्मेदवारी दर्ता गर्न नदिई त्यहाँको व्यवस्थापन समितिले जबरजस्ती एमाले निकट अनेरास्ववियुलाई निर्विरोध भएको भनी गरिएको घोषणाप्रति कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीले कडा आपत्ति जनाएका छन् । कथित उक्त निर्वाचन प्रक्रियालाई खारेज गरी नेपाल विद्यार्थी संघले उम्मेद्वारी दर्ता गराए पछि पुनः निर्वाचन गराउनु पर्नेमा उनले जोड दिए ।
त्यसैगरी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले देशको भोलिको भविष्य बोकेका नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले अध्ययन, अध्यापन र अनुशासनमा अरु विद्यार्थी संगठनभन्दा आफूलाई अब्बल काय गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नव निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी सदस्यहरुलाई कांग्रेस केन्द्रीय सदस्य बुढाथोकी र संविधानसभा सदस्य शिवाकोटी, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, २ नं. क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले खादा र अविर लगाएर बधाई ज्ञापन गर्दै स्वागत सम्मान गरेका थिए ।
सो स्वागत सम्मान समारोहलाई महाधिवेशन प्रतिनिधि जलकुमार गुरुङ, बिर्तामोड नगर सभापति भोजराज सिटौला, नेविसंघ झापा जिल्ला अध्यक्ष सञ्जय निरौला र इन्द्रचन्द्र क्याम्पस बिर्तामोडका नवनिर्वाचित स्ववियु सभापति पवन दाहालले सम्बोधन गरेका थिए ।
२ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव चन्द्र चुडालले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलोकतन्त्रका उपलब्धी जोगाउन तरुण युवालाई आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img