इन्द्रप्रसाद ओली
लागू औषध भन्ने बित्तिकै हामीले बुझ्नु पर्छ कि ! जुन वस्तु स्वास्थ्य शरीर भित्र प्रवेश गर्ना साथ, लठ्याउछ , मताउछ, झुम्म बनाउँछ , व्यवहार परिवर्तन गराउँछ लत लाग्छ भने त्यो नसालु पदार्थ नै लागू औषध हो ।
अथवा अघाउने कुरा खाने कुरा हो । जुन वस्तुले लाग्ने, लठ्ठाउने, मताउने झुम्म बनाउने आदि लागू औषध हुन । तर युवा युवतीहरु लागू औषध दुव्र्यसनको प्रर्याप्त ज्ञानको अभावमा जसले जे भन्दछ त्यो पत्याउने साथी भाइसँग बडि समय बिताउने हुदा स्कुल कलेज देखि नै कुलत तथा दुव्र्यसनमा फसेको पाइन्छ । जीवनको वास्तविक महत्व बुझाउन नसक्नु घर परिवार ले महङ्गो स्कूल पढाउनु, स्कुल व्याग आफै बोकि दिनु , हात मा पैसा दिनु, लुगा कपडा आफै लगाइ दिनु , जुत्ता पालिस आफै गरिदिनुलाई चाहिँ माया सम्झिन्छन । तर नानी बाबूहरुलाई उनीहरुको जिम्मेवारी वा दैनिक नित्य कर्म बञ्चित गरि रहेको छु भन्ने कहिल्यै नसोच्नु पनि एक कारण बन्न पुगेको छ दुव्र्यसनमा फस्नु ।
* सबैले निम्न कुरा हरुमा ध्यान पु¥याउ, नानी बाबूलाई दुव्र्यसन बाट टाढा राखौ।
* जीवन सुन्दर अनि अमूल्य छ । यो मानव जीवनको बयान शब्दले अपुग हुन्छ । जसले जीवनलाई सुन्दर तथा कलात्मक तरिकाले जिउन सकिन्छ । त्यो मानव नै बुद्धिमान कहलिन्छ । समाजमा ऊ अब्बल दर्जाका रुपमा उदाहरण हुन्छ भन्ने ज्ञान दिनु पर्दछ ।
* जीवन जिउने कला सबैमा नहुन सक्छ । एकै खालको प्रतिभा सबैमा हुँदैन । अनुभवीहरुले भन्दछन्, ‘बगेको खोला र जवानी कहिले फर्केर आउँदैन ।’ यो भनाइ कुलतमा जीवन बर्बाद गर्नेहरुप्रति पनि लक्षित छ । तसर्थ नानीहरुलाइ समयको महत्व पनि बताउनु पर्छ ।
* कतिपय मानिसहरु जीवन जिउन नजानी नराम्रो लत अर्थात् कुलतको सहायता लिन बाध्य भइदिन्छन् । कुलत खराब आनी–बानी हो । जीवनको सुन्दरता तथा महत्वबारे प्रर्याप्त जानकारी नहँदा लापर्वाहीपूर्वक वा नबुझेर क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई लागुऔषधको दुव्र्यसनमा फस्दछन् । तसर्थ घर परिवारका सदस्य वा स्कूल कलेजमा नसाजन्य पदार्थले निम्त्याउने दुष्परिणामबारे पूर्णरुपमा जानकारी दिने लेख रचना निबन्द प्रतियोगिता आदि गराउने ।
* विशेषगरी अत्याधिक आकांक्षा बोक्ने युवायुवतीहरुलाई लागुपदार्थको नकारात्मक असरबारे बुझाउन आवश्यक छ । लागुपदार्थ तथा औषधि सेवनले व्यक्तिको केन्द्रीय स्नायू प्रणालीमा नकारात्मक असर पुर्याउँछ । लागू औषध दुव्र्यसनले शारीरिक, मानसिक तथा आर्थिक सबै बर्वादी पार्द छ भन्ने कुराको जानकारी गराउने ।
* लागू औषधले मस्तिष्क अनि शरीरलाई लट्ठ पार्छ । यसरी शरीरलाई निन्द्राको भावमा मोहित पार्न सेवन गरिने नसादार वा मादक वस्तुलाई लागुपदार्थ पनि भनिन्छ । यस्तो वस्तुको सेवन गर्ने लतलाई दुव्र्यसन भनिन्छ । यो आधुनिक समाजले नराम्रो मानेको आदत हो । यसको प्रभावले आज १५ बर्ष भन्दा कम उमेरका नानी बाबूहरु कुनै पनि लतमा फस्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ । यसको न्यूनिकरणका लागि पहिलो काम सचेतना , परमर्श नै हो ।
* लागू औषध दुव्र्यसनले चिन्ता, तनाव, विभिन्न समस्याहरुलाइ सामान गर्न सकिन्छ भन्ने भ्रम पाल्ने र चुनौतिसंग सामना गर्न नसक्नेहरु लागूपदार्थ प्रयोगकर्ता भई यस्तो आदत अंगाल्छन् । यो सेवन गर्दा बानी व्यहोरा तथा दैनिक क्रियाकलापमा परिवर्तन भइदिन्छ । दिमाग लाई लठ्ठाइ दिन्छ र क्रमस पढाइ–लेखाइ कमजोर हुदाँ नसा मै आत्मनिर्भर बन्न पुगिन्छ भने ज्ञान नहुनु नै युवा पिडि दुव्र्यसन मा फस्नु पहिलो कारण मानिन्छ ।
* विश्व संगठनका अनुसार नसाका प्रयोगकर्ता पनि एक रोगी हुन । विश्व स्वास्थ्य संगठनकै अनुसार लागुऔषध भनेको रसायनिक पदार्थ हो । यो स्वस्थ शरीरको लागि प्रयोग गर्न नमिल्ने पदार्थ हो भनि परिभाषित गरेकोछ । यी सव कुरा युवा–युवतीमा जानकारी पुगेको छैन ।
* तथ्य हेर्दा विश्वमा अनुमानित १९ करोड २० लाख व्यक्तिले गाँजाको सेवन गर्ने गर्दछन् । गाँजाको दुव्र्यसनीका कारण करिब ७१ प्रतिशत व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् । गाँजापछि धेरै प्रयोग हुने अफिम सबैभन्दा हानिकारक लागुऔषधका रुपमा रहेको छ । त्यसपछि औषधि पसलमा पाइने विभिन्न औषधिको दुरुपयोग, हार्डवेयर पसलबाट ड्रेनराइट विभिन्न गम आदि नै आज दुव्र्यसनको रुपमा प्रयोग भएको पाइन्छ । तर के हामीले यस्ता विषयमा कार्यशाला गोष्ठी सेमिनार विज्ञद्वारा सचेतना कार्यक्रम गरेका छौ त ? प्रश्न यो प्रमुख हो ।
* हाम्रो देशमा भएका विभिन्न अध्ययन तथा अनुसन्धान अनुसार, युवा–पुस्ताहरु कुलतमा फस्नुमा विभिन्न कारण हुन्छ । जसमध्ये केही कारण यी हुन ।
के पारिवारीक कारण :
आजको पुस्ता लागुऔषध दुव्यर्सनमा फस्नुको पहिलो कारण घर परिवार हो । परिवारको कुनै सदस्यले लागुऔषधको प्रयोग गर्दा बालबालिकाले पनि त्यसको सिको गर्छन् । त्यही कारणले गर्दा उनीहरू लागुऔषधको प्रयोग गर्छन् ।
परिवारको राम्रो व्यवहार नहुँदा, उनीहरूसँग समय नबिताउँदा, जति पैसा माग्यो सो पैसा दिनु, मागेको पैसा के कुरामा खर्च गर्छ त्यसको खोजिनीति नगर्नु, आफ्ना सन्तानको धेरै विश्वास गर्नु, सन्तानले गरेको नराम्रो कार्य ढाकछोप गर्दा किशोरकिशोरीहरू कुलतमा फसिसकेका हुन्छन् ।
परिवारमा पनि आफ्नो सन्तान कुलतमा लागेको थाहा पाउने आमा हुन्छन् । आमाले चाहेमा समस्या समाधान हुन्छ । त्यसैले आमाहरूले समयमा नै आफ्ना सन्तानको खराब लतको उजागर गर्नुपर्छ अनि मात्र समस्याको न्यूनिकरण हुन्छ ।
सांस्कृतिक तथा सामाजिक कारणः
कतिपय समुदायमा परम्परादेखि चल्दै आएको सांस्कृतिक तथा सामाजिक कारणले पनि अहिलेको पुस्ताहरु लागुऔषधको कुलतमा फसेका छन् जस्तैः हाम्रो कतिपय समुदायमा जाँड रक्सीको सेवन गर्ने, परम्परा नै छ । सो परम्पराले पनि उनीहरूका घरका सन्तान लागुऔषधको कुलतमा फसेको तथ्य हरु छन ।
साथी संगतीको कारणः
अहिलेको पुस्ताहरु साथीहरूको लैइ लैइला लाग्ने उनीहरुको दबाबलाई थेग्न नसकेको कारणले पनि लागुऔषधको कुलतमा फसेको देखिन्छ । गलत साथीको संगतले गर्दा कतिपय लागुऔषधको दुव्र्यसनमा ८७.७ प्रतिशत युवायुवती फसेको तथ्याङ्क देखिन्छ ।
साथीले सुरूमा केही पनि हुँदैन भनेर चाख्न लगाउने पछि त्यसले गर्दा बानी पर्ने यो लतलाई छोड्न गाह्रो हुने धेरै उदाहरण छन् । हरेक अभिभावकले आफ्ना सन्तानलाई कुलतबाट जोगाउन साथीसंगतीको संगत बेला–बेला के कस्तो छ अनुगमन गर्नुपर्ने हुन्छ ।
हिंसा तथा दुव्र्यवहार :
लागुऔषधको कुलतमा कतिपय मानिसहरू घरेलु हिंसा तथा दुव्र्यवहारको कारणले पनि कुलतमा फसेका छन् ।
सन्तानले आफूले भनेको जस्तो काम नगरेको खण्डमा उनीहरूलाई मानसिक तनाव दिने, गाली–गलौज गर्ने, छोराछोरीलाई चाहेको तथा आवश्यक पर्ने कुरा पनि उपलब्ध नगराउने, कुटपिट गर्ने यस्तो अवस्थाको अवस्था सृजना भएको खण्डमा उनीहरू घरमा नआउने साथीसंगतिसँग लागेर लागुऔषधको कुलतमा फस्ने गरेको विभिन्न अनुसन्धानले बताउँछ ।
बेरोजगारी समस्या :
लागुऔषधको कुलतमा अहिलेको युवा पुस्ता फस्नुको कारण बेरोजगारी पनि हो। देशमा दिनप्रतिदिन बढ्दो बेरोजगारी समस्या छ ।
देशमा रोजगारीको अवसरहरू प्राप्त मात्रामा छैन स्नातक वा स्नातकोत्तर अध्ययन गरेका युवा पुस्ताहरू बेरोजगार छन् । युवा पुस्तालाई व्यस्त राख्ने कुनै अवसर छैन । त्यसैले गर्दा यी लागुऔषधको कुलतमा फस्नुको कारण बनेको छ ।
यौन शक्ति वृद्धिः
मैले एकजना लागुऔषध (प्रयोगकर्ता ) सेवनमा लागेका व्यक्तिलाई सोधेँ । वर्ष २५ का जितेन्द्र (नाम परिवर्तित)लाई के कारणले तपाईंले लागुऔषधको कुलतमा फस्नु भयो भन्दा उहाँले अलि बेग्लै किसिमको कथा सुनाउनु भयो।
१८ वर्षको उमेरमा उहाँले प्रेम विवाह गरेको रहेछ । विवाहको समयसम्म चुरोट मात्र खाने, कहिले काँही रक्सी खाने बानी रहेछ । तर त्यसको दुई, तीन वर्षपछि साथीभाइले गाँजा ट्याबलेट खाँदा साथीहरुले सेक्स पावरमा वृद्धि हुन्छ भन्ने कुरा सुनेर तीन, चार वर्ष लगातार लागुऔषध सेवन गर्न थाले ।
जसले गर्दा लागुऔषधको लत लाग्यो । जुन कारणले म लागूऔषध प्रयोगकर्ता बन्न पुगे भनि बताउँछन । साथीभाइको गलत सुझाव, गलत सोचाइका कारणले पनि अहिलेको पुस्ता लागुऔषधमा फस्ने गरेको प्रशस्त उदारण छन ।
लागुऔषध दुव्र्यसनको लतमा लाग्नु यी माथिका कारण मात्र होइन, यसका अलवा विभिन्न अनुसन्धानबाट के थाहा छ भने यसबाट हुने क्षतिको बारेमा अहिलेको पुस्तालाई जानकारी नहुनु, चेतनामूलक कार्यक्रमको कमी हुनु प्रमुख कारण मानिदै आएको छ । जसरी सर्पले टोके मर्न सकिन्छ, पौडी खेल्न नजान्दा डुबिन्छ, मुसाको दवाइ मानिसले खाए मर्न सकिन्छ भन्ने ज्ञान छ यी बस्तुबाट टाढा रहिन्छ तर कुनै पनि नसा स्वस्थ्य शरीरका लागि हानी कारक छ भन्ने चेतना प्रशिक्षण चाहिँ खोइ त ?
# कुनै पनि व्यक्ती आफूले सोचे अनुसारको सफलता नहुनु, खुला सिमाना, लागुऔषधको बेचबिखन र प्राप्ति सहज हुनु, रातारात धनी हुने सपना देख्नु, गरीबीको कारण, साना बालबालिकाहरूलाई यसमा प्रयोग गर्नु, कानूनको कडा रूपमा कार्यान्वन नहुनु,आदि दोस्रो कारण बन्न पुगेको छ ।
# लागुऔषध सहज रूपमा उत्पादन हुनु, डाक्टरको बिना सल्लाहमा पनि मेडिकल पसलहरूले औषधि विक्री वितरण गर्नु, डिप्रेसन, खराब संगत र परिवारको साथ नपाएर लागुपदार्थ सेवनतिर आकर्षित हुन्छन् ।
लागुऔषध दुव्र्यसनमा कमी ल्याउनको घर परिवारको महत्वपूर्ण भूमिका हुन्छ, बालबालिकाको समस्याहरु सुन्ने। त्यसैले अविभावकहरुले उनीहरुलाई समय दिने उनीहरूका कुरा सुन्ने, दिनभर के–के गरे सो कुरा ध्यान दिएर सुन्नु पर्छ ।
# आफूले दिएको पैसाले के खायो त्यसको बारेमा पनि बुझ्ने, साथीको जस्तो व्यवहार गर्ने, छोराछोरीका लुगा कपडा सुघ्ने, खल्तीहरू चेकजाँच गर्ने, समय–समयमा स्कुलमा गएर सन्तानको बारेमा बुझ्ने, साथीसंगतिको बारेमा पनि बुझ्ने, आफ्ना छोराछोरीका साथीका अभिभावकसँग पनि समन्वय गर्ने, उनीहरूका सकारात्मक काम तथा गुणको प्रशंसा गर्नु पर्दछ ।
# लागुपदार्थको प्रयोगबाट देखिने शारीरिक, मानसिक र सामाजिक समस्याको बारेमा जनचेतना फैलाउने, स्कुलदेखिको पाठ्यक्रममा नै लागुऔषधको प्रयोगबाट हुने असरको बारेमा शिक्षा दिन आवश्यक देखिन्छ ।
# त्यस्तै सरोकारवाला निकायले विभिन्न कार्यक्रमको आयोजना गर्ने स्कुल कलेजमा कक्षाहरू संचालन गर्ने, बालबालिकहरुलाई यस्ता किसिमका जनचेतनामुलक कार्यक्रममा समावेश गराउने, यो सम्बन्धी सडक नाटक गर्ने आदिको थालनी गर्नु पर्दछ ।
# सचेतना दिनेखालका अडिओ÷भिडिओहरू प्रसारण गर्ने, स्कूलको वरिपरि मदिरा तथा सुर्तिजन्य पदार्थ १०० मिटर वरिपरि बिक्री–वितरणमा रोक लगाउने, शिक्षकहरूले पनि कुनै विद्यार्थी माथि शंका लागेमा अभिभावकलाई समयमा खबर गर्ने गर्नुपर्छ ।
# स्कुलका ८ कक्षादेखि माथिका विद्यार्थीहरूको कहिले काहीँ किट मार्फत पिसाब चेकजाँच गर्ने जसले गर्दा लागु पर्दाथको कुलतमा फसेका बालबालिकाहरू सजिलै पहिचान गर्न सकिन्छ ।
घर परिवारले बच्चाको नजिक मदिरा तथा सुर्तिजन्य पर्दाथको सेवन नगर्ने, सकेसम्म यस्ता चिजवस्तुहरु घरबाट टाढा राख्ने ।
स्थानीय सरकारले यसमा बजेट छुट्याउने, स्थानीय सरकार, स्थानीय प्रहरी, स्थानीय कल्ब, आमा समुह तथा विभिन्न संस्था मिलेर जनचेतना मुलक कार्यक्रम संचालन गर्ने, लागुऔषधको उत्पादन हुने ठाउँमा गई सो लागुऔषध फडानी गर्ने, यस्ता कुरा उत्पादनमा रोक लगाउनेआदि को तदारुक्ताका साथ कार्यन्वयन गर्ने ।
# लागुऔषध कारोबारीलाई कानुनको कठघरामा उभ्याउने, लागुपदार्थको दुव्र्यसनीलाई अपराधीको रूपमा नहेरी यो एक प्रकारको रोग हो उपचार गरे अवश्य निको हुन्छ भने चेसतना व्यापक रूपमा प्रचरप्रसार गरि जनमानसमा फैलाउने आदि ।
निष्कर्ष – युवा आजका साझेदारी हुन सृजनात्मक हुन । युवा भोलीका देशका भरोसा हुन । यदी युवाहरू नै लागू औषध प्रयोगकर्ता भए देशको विकास कसरी हुन्छ ? गलत संस्कारले गलत संस्कृतिलाई जन्माउँछ जसले हाम्रो राष्ट्रलाई खोक्रो बनाउँछ ।
हामी सबै मिलेर हातेमालो गरेर लागु पर्दाथको सेवन, बेचबिखन रोक्न लाग्नुपर्छ । सामाजिक जनचेतनाको अभियान सञ्चालन गर्नुपर्छ।
युवा शक्ति त्यो शक्ति हो जसले सिर्जनशील भूमिकाको माध्यमबाट दुव्र्यसनी कमि गर्न सक्छ । युवाले चाहे के हुँदैन र? युग बदलिन सक्छ, क्रान्ति ल्याउन सक्छ भने लागुपदार्थको दुव्र्यसनी कुन ठूलो कुरा हो र ? अवस्य युवालाइ नै परिचालन र पूर्ण ज्ञान प्रदान गर्न सके लागू औषध दुव्र्यसनमा कमि ल्याउन सकिन्छ ।
यसरी युवाहरू दुव्र्यसनमा फस्दा घरपरिवार समाज र राष्ट्र समेत विकासमा पछाडि पर्छ । ’लागुपदार्थको साटो स्वस्थ जीवनको बाटो’ भन्दै हामी सबैले हातमा हात काँधमा काँध मिलाएर अगाडि बढेमा यसलाई शून्यमा झार्न सक्छौँ स्वस्थ्य नागरिक राज्यको पूँजी हुन यो नर्विसौ । तपाईं हाम्रा छोराछोरी पनि कुलत र दुव्र्यसनमा फस्न सक्दछन । लागू औषध प्रयोगकर्ता नसाका रोगी हुन । रोगलाई उपचार तथा पुर्नस्थापन गरि पहिला कै अवस्थामा ल्याउन सकिन्छ । हेला विभेद तिरस्कार गरेर दुव्र्यसन न्यूनिकरण हँुदैन । माया–ममता स्नेहबाट लागू औषध दुव्र्यसनकर्तालाई त्यस लत बाट बाहिर ल्याउन सकिन्छ ।
लेखक दुव्र्यसन विरुद्ध सचेतना अभियान्ता हुन् । ९८०७९९२७६६
(स्रोतः– मुक्ती पुस्तक, गृहमन्त्रालय बाट प्रकाशित बुलेटिन एवम अन्य फुटकर लेख सन्दर्भ ग्रन्थ)
लागू औषध दुव्र्यसनमा युवा
