HomeFeatured 2खोष्टाको फूल बनाउने तालिम सम्पन्न, सीपलाई व्यवहारमा उतार्न मेयरको सुझाव

खोष्टाको फूल बनाउने तालिम सम्पन्न, सीपलाई व्यवहारमा उतार्न मेयरको सुझाव

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा मकैका खोष्टाको फूल बनाउने तालिम सम्पन्न भएको छ ।
सिद्देश्वर शिवपञ्चायन मन्दिर मियावाडीमा नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत १२ दिने तालिम आईतबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतारा प्रसाईले स्थानिय उत्पादनलाई प्रयोगमा ल्याउनु पर्ने बताइन। उनले नेपालमा भारत, चिन लगायतका मुलुकबाट आयात भएको प्लाष्टिकका फूल भन्दा स्थानीय कच्चा पदार्थ प्रयोग गरि उत्पादन गरिएका सामाग्री प्रयोगमा जोड दिइन। यस्तै उनले स्थानीय उत्पादनलाई बाहिरका बजारमासमेत बिस्तार गर्नु पर्ने धारणा राखिन । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी नगरप्रमुख महताराले समयलाई खेर नफाली उत्पादनमुखी कार्यमा लाग्न सबैलाई सुझाव दिइन।
यस्तै नगरपालिकाका शाखा अधिकृत मेघराज बास्तोलाले तालिममा सिकेको सिप अरुलाई पनि बिस्तार गर्न सहभागीलाई आग्रह गर्नु भयो । प्रमाण पत्र लिएर मात्रै अर्थ नहुने भन्दै व्यवसायिक बन्न आग्रह गरिन् ।
सहभागीहरुलाई निर्मला भण्डारी चौहान, सुमित्रा अधिकारी खतिवडाले प्रशिक्षण दिएका थिए।
वडा नम्बर ७ की कार्यवहाक वडाअध्यक्ष हेमलता विश्वकर्माको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विवेक मिश्र, वडा नम्बर ७ की न्यायिक समिति सदस्य माया ढकाल लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड नगरपालिकाले ढाकाको कपडा बुन्ने, सिलाई कटाई, धुपकांटी बनाउने, पोते उन्ने, अचार बनाउने, फूल बनाउने लगायत विभिन्न प्रकारका सिपमुलक कार्यक्रमहरु सन्चालन गर्दै आएको गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम संयोजक चनीमाया तामांगले जानकारी दिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2खोष्टाको फूल बनाउने तालिम सम्पन्न, सीपलाई व्यवहारमा उतार्न मेयरको सुझाव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img