Homeसमाचारसिद्धिविनायकद्वारा अनुष्ठानको आयव्यय सार्वजनिक

सिद्धिविनायकद्वारा अनुष्ठानको आयव्यय सार्वजनिक

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा फागुन २० देखि २७ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ । सिद्धिविनायक भजन किर्तन मण्डलीले आज एक कार्यक्रमको आयोजना गरि आयव्यव विवरण सार्वजनिक गरेको हो ।
नगरमा नै पहिलो पटक कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवनका लागि जग्गा खरिद गर्ने उद्धेश्यले आयोजित अनुष्ठानमा एक हजार पाँच सय भक्तजनबाट बिल मार्फत ६९ लाख ५० लाख ७५७ रुपैँया जम्मा भएको आर्थिक समिति संयोजक तथा अनुष्ठान आयोजक समितिका कोषाध्यक्ष यामप्रसाद न्यौपानेले जानकारी दिए । त्यस्तै, चामल, चिनी र आँटा बिक्रीबाट २८ हजार ४ सय रुपैँया, दान पेटिकाबाट २ लाख ८० हजार ५९३ रुपैँया, मन्दिरको भेटिबापत ७ हजार ३६२ रुपैँया नगद आम्दानी भएको न्यौपानेले जानकारी दिए । चेक साट्न बाँकी २ लाख १४ हजार १३० रुपैँया र उठ्न बाँकी ११ लाख ८८ हजार ४६३ रुपैँया रहेको उनले बताए ।
फागुन २० देखि २७ गतेसम्म आयोजित अनुष्ठानमा विभिन्न शिर्षकमा २४ लाख ४१ हजार ८९३ रुपैँया र फागुन ९ देखि १२ गतेसम्म आयोजित मन्दिरको प्राण प्रतिष्ठामा ३ लाख २१ हजार ८२९ रुपैँया खर्च भएको आर्थिक समितिका सदस्य राम सिटौलाले जानकारी दिए । नबिल बैंकको बिर्तामोडस्थित समितिको खातामा ३६ लाख ३४ हजार २४६ रुपैँया र नगद ४९ हजार २६४ रुपैँया मौज्दात रहेको उनले बताए ।
समाजसेवी तथा शिक्षासेवी जयनारायण ढुंगानाले कर्मयोग भवनका लागि २ धुर जमिन खरिदबापतको ७ लाख २२ हजार रुपैँया सहयोग गर्ने प्रतिबद्धता जनाएको आर्थिक समिति सदस्य दिनेश अधिकारीले जानकारी दिए । परोपकार वृद्धाश्रममा आश्रित चन्दबहादुर श्रेष्ठले मन्दिर निर्माण र जग्गा खरिदका लागि ४ लाख रुपैँया उपलब्ध गराएको उनले बताए ।
कचनकवल ५ स्थायी घर भई हाल बिर्तामोडको शनिश्चरे ट्याक्सी स्टेण्डमा हार्डवेयर व्यवसाय गरिरहेका जयनारायण यादवले आफ्ना पितृहरुको स्मरणमा आधा धुर जग्गा खरिदबापत १ लाख ८१ हजार रुपैँया उपलब्ध गराएको आयोजक समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिइन् । कैयन् दाताहरुले जग्गा खरिद तथा भवन निर्माणको समयमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताइन् । अनुष्ठान पश्चात थुप्रै मानिसले सदस्यताका लागिसमेत रकम जम्मा गरिरहेको उनले बताइन् ।
सिद्धिविनायक भजन किर्तन मण्डलीलाई जग्गादाता गुरुप्रसाद ओझाले निशुल्क उपलब्ध गराएको ११ धुर जग्गामा गणेश पाञ्चायन मन्दिर निर्माण भई सञ्चालनमा आएको छ । समितिले कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि यस अघि नै ११ धुर जग्गा बैना गरिसकेको र थप जग्गा खरिद गरिने किर्तन मण्डलीका अध्यक्ष गितादेवी भण्डारी पोखरेलले जानकारी दिइन् ।
कार्यक्रममा अनुष्ठानलाई सुसम्पन्न गराउन अहोरात्र खट्ने स्वयम्सेवकहरुलाई कदर पत्रसमेत वितरण गरिएको थियो ।
अनुष्ठानलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन जिन्सी सौजन्य तथा अन्य सहयोग गर्ने विभिन्न संस्था, विभिन्न समिति तथा उपसमितिका सदस्य, स्वयम्सेवक, चन्दादाता तथा भक्तजनलगायत सम्बद्ध सबैलाई अनुष्ठान आयोजक समितिका सचिव पुष्प खड्काले धन्यवाद ज्ञापन गरेका थिए भने सचिवालय सदस्य तथा प्रचार संयोजक केशव भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसिद्धिविनायकद्वारा अनुष्ठानको आयव्यय सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img