HomeFeatured 2नगरपालिकाद्वारा बिद्यार्थीलाई पोशाक वितरण

नगरपालिकाद्वारा बिद्यार्थीलाई पोशाक वितरण

झापा । बिर्तामोड नगरपालिकाले कक्षा–५ सम्मका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका विच नगरमा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एक मुष्टरुपमा बालविकास देखि कक्षा ५ सम्मका विधार्थीहरुको विद्यालय पोशाक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले कतिपय अभिभावकले छोराछोरीको लागि विद्यालय पोषाक खरिद गर्न नसक्दा पठन पाठनबाटै बन्चित हुने गरेका कारण पोशाक वितरण कार्यक्रम ल्याएको बताए। उनले यस कार्यक्रमले अभिभावकलाई सहज हुनका साथै विद्यार्थीहरुमा एकरुपता आउने र पठन पाठनमा समेत अनुकुल वातावरण बन्ने बताए। नगरप्रमुख प्रसाईले कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नहुने बताए । पछिल्लो समय सामुदायिक विद्यालयहरुको अवस्थामा समेत सुधार आएको भन्दै नगर प्रमुख प्रसाईले भौतिक पूर्वाधार, प्रविधि र पठन पाठनको गुणस्तरमा व्यवस्थित र अव्वल हुंदै आएको बताए ।
यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले शिक्षा क्षेत्रको हरेक क्रियाकलापलाई जिम्मेवारी पूर्वक अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले विद्यालयको शौचालय, सरसफाई लगायत भौतिक अवस्थाका बारेमा पनि ध्यान दिन प्रधानाध्यापकहरुलाई आग्रह गरे । नगरपालिकाले पोशाक वितरण कार्यक्रमलाई वार्षिक योजना अन्तर्गत राखेर महत्वका साथ अघि बढाएको भन्दै विद्यार्थीको संख्या बढाउन समेत सम्बन्धित सबैले ध्यान दिनु पर्नेमा जोड दिए।
यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पोशाक वितरणले विद्यार्थीको सिकाईमा सहजता ल्याउने बताए । उनले यस वर्ष पनि तीनहजार छसय भन्दा बढी विद्यार्थीलाई पोशाक वितरण हुने जानकारी दिए।
बिर्तामोड नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालयमा गत आर्थिक वर्षदेखि पोशाक वितरण गर्दै आएको छ ।
पोषाक हस्तान्तरण कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल, नगर कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, निर्मला सुनुवार, शिक्षक महासंघ बिर्तामोड नगरकमिटी अध्यक्ष युवराज कट्टेल, सचिव उमा भण्डारी, पूर्व स्रोत व्यक्ति डम्बर बहादुर बस्नेत, शाखा अधिकृत दिनेश कुमार आचार्य, शिक्षा अधिकृत केशर खवास, जानुका रेग्मीलगायत विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नगरपालिकाद्वारा बिद्यार्थीलाई पोशाक वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img