Homeसमाचारकोलकातामा सांस्कृति नृत्य प्रस्तुत गर्न जाने टोलीलाई वीरता जेसीजद्वारा विदाई

कोलकातामा सांस्कृति नृत्य प्रस्तुत गर्न जाने टोलीलाई वीरता जेसीजद्वारा विदाई

बिर्तामोड । भारतको कोलकातामा एपीजे अब्दुल कलाम फाउण्डेसनको आयोजना हुने अन्तरराष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालका तर्फबाट सहभागी हुने कलाकारहरुलाई आज आयोजित एक कार्यक्रमकाबीच विदाई गरिएको छ ।
वीरता जेसीजले सांस्कृतिक कार्यक्रममा सहभागी हुन जाने कलाकारलाई विदाई गरेको हो । सांस्कृतिक नृत्य प्रस्तुतीका लागि नेपालबाट एलसी श्रेष्ठको नेतृत्वमा कलाकारसहितको ११ जनाको टोली कोलकाता जाने तय भएको बताइएको छ।

May be an image of 4 people and people standing


वीरता जेसीज बर्ष १९८५ अध्यक्ष बेद प्रकाश अग्रवालको प्रमुख आतिथ्य तथा वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कलाकारलाई खादा लगाएर नेपालको झण्डासहित विदाई गरिएको चौधरीले जानकारी दिए ।
महासचिव जनक खड्का र संयोजक तथा कानूनी सल्लाहकार एलसी श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा आस्था वाचन सचिव प्रभास थापामगरले गरेका थिए ।
कोलकातामा नेपालको तर्फबाट सगरमाथा लोक सांस्कृतिक केन्द्र बिर्तामोडले विभिन्न लोक नृत्य प्रस्तुत गर्नेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोलकातामा सांस्कृति नृत्य प्रस्तुत गर्न जाने टोलीलाई वीरता जेसीजद्वारा विदाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img