Homeसमाचारसंसदको खुलापनले संघीय लोकतन्त्र बलियो हुन्छ: नर्वेजियन राजदुत

संसदको खुलापनले संघीय लोकतन्त्र बलियो हुन्छ: नर्वेजियन राजदुत

विराटनगर । नेपालका लागि नर्वेजियन राजदूत टोरून ड्रामदलले नेपालमा संसदको खुलापनलाई बढाउदै लैजान सके संघीय लोकतन्त्र अझै बलियो भएर जाने बताएकी छन ।
युएनडिपी संसद सहयोग परियोजनाबारे बुझ्न कोशी प्रदेश आएकी ड्रामदलले संसदीय पत्रकार मञ्च कोशी प्रदेशका टोलीसँग विराटनगरमा भेटघाट गर्दै संसद खुला र पारदर्शी भएमा नागरिक मैत्री बन्दै जाने र त्यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने बताएकी हुन् ।
उनले संसद भनेको नागरिकहरुको आवाजको प्रतिनिधित्व गर्ने सर्वोच्च संस्था भएकोेले संसदको खुलापनलाई बढाउदै लानुपर्नेमा जोड दिइन । राजदुत ड्रामदलले नेपालको लोकतन्त्र अन्य मुलुकहरुको तुलनामा उन्नत रहेको बताउदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संसदको खुलापन पनि सन्तोषजनक रहेको बताइन । राजदुत ड्रामदलले कोशी प्रदेशमा संसदको खुलापनको अवस्था र पत्रकारहरुले भोग्नुपरेका समस्या प्राप्त गरेको सिकाईबारे जिज्ञासा राखेकी थिइन ।
उनको जिज्ञासामा संसदीय पत्रकार मञ्च कोशी प्रदेश अध्यक्ष गणेश लम्साल, मञ्चका सल्लाहकार विवेक गौतम, सचिव कुमार लुँईटेल, सहसचिव तारा आचार्य , कोषाध्यक्ष विनु तिम्सिना, सदस्यहरु राजु अधिकारी लगायतले ससदको खुलापनको अवस्था बढदै गएपनिअझै दिगोपन ल्याउनका लागि संबादको खाँचो रहेको सुझाव दिएका थिए । मञ्चका अध्यक्ष गणेश लम्सालले कोशी प्रदेशको संसदमा रिर्पोटिङ गर्ने पत्रकारहरुले अझै धेरै चुनौतिको सामना गर्नु परिरहेको र क्षमता अभिबृद्धिको खाँचो रहेको प्रस्टयाएका थिए । अध्यक्ष लम्सालले संसदीय रिर्पोटिङमा महिला, दलित, मधेसी आदि सिमान्तकृत समुदायका पत्रकारहरुको पहुँच बृद्धि गरिनुपर्ने, कानुन निर्माणमा नागरिक सहभागीता बृद्धि गरिनुपर्ने, बिधेयकहरुमा नागरिक संबाद गराउनु पर्ने, जिल्लाका पत्रकारहरुलाई पनि संसदीय पत्रकारिताको महत्वबारे अभिमुखिकरण गरिनुपर्ने, बार्षिक छाँया प्रतिवेदन प्रकाशन गरिनुपर्ने र क्षमता अभिबृद्धिका लागि दीगो परियोजना सञ्चालन गरिनुपर्ने सुझाव दिएका थिए ।
पत्रकार भेटघाटमा नर्वेजियन राजुदताबासकी काउन्सिलर अनिला खानले संसदको खुलापनलाई बृद्धि गर्न पत्रकार, सांसद, र सचिवालयहरु विच सहकार्य हुनुपर्ने र समस्यालाई सवाल बनाउने गरि समुदायमा संबादको परम्परा विकास गर्नुपर्नेमा जोड दिइन । संघ र प्रदेश सभा संसदमा खुलापन बढदै गएको तर अझै बढाएर लानुपर्ने काउन्सिलर खानको भनाई छ ।
भेटघाटमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास परियोजना (युएनडिपी) की मेनेजर कल्पना सरदारले पत्रकारहरुको संसदमा पत्रकारहरुको सहज पहुँच भएमात्र संसदको खुलापन बढदै जाने भएकोले क्षमता अभिबृद्धिका लागि युएन डिपीले आगामी दिनमा संसद सचिवालयलाई मात्र नभएर पत्रकारहरुलाई पनि सहयोग गर्नेगरि योजना निर्माण गर्ने आश्वासन दिइन ।
भेटघाटमा यूएनडिपी संसद सहयोग परियोजनाका निर्देशक राजबहादुर श्रेष्ठ, टिम लिडर यामबहादुर किसान लगायतको सहभागीता रहेको थियो ।
राजदुत ड्रामदलको टोलीले बुधबार विराटनगर स्थित कोसी प्रदेश सभाका सभामुख बाबुराम गौतम, उपसभामुख श्रृजना दनुवार सहित सचिवालयसँग र त्यसपछि पुर्व सांसदहरुसँग भेटघाट गरि अन्तरक्रिया गरेको थियो ।
नर्वे सरकारले संयुक्त राष्ट्रसंघीय विकास परियोजनाको संसद सहयोग कार्यक्रममार्फत संघ र प्रदेशमा संसदीय खुलापन र पारदर्शीताको पक्षमा सहयोग गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंसदको खुलापनले संघीय लोकतन्त्र बलियो हुन्छ: नर्वेजियन राजदुत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img