Homeसमाचारकेएमसीमा सफलतापूर्वक गरियो मिर्गाैला प्रत्यारोपण

केएमसीमा सफलतापूर्वक गरियो मिर्गाैला प्रत्यारोपण

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका धनराज घलेको शरीरमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको हो ।
५० बर्षीय घलेलाई उनकै श्रीमती ४३ बर्षीया हिताकुमारीले मिर्गाैला दिएकी हुन् । दुवै मिर्गाैलामा समस्या देखिएका धनराजको शरीरमा चिकित्सकहरुले श्रीमती हिताकुमारीको देव्रे मिर्गाैला प्रत्यारोपण गरेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । वैदेशिक राजगारीको सिलसिलामा ब्रुनाई पुगेका धनराज ४५ दिनको विदामा गत बैशाखमा नेपाल आएका थिए । नेपाल आएको केही समयपछि उनमा खुट्टा सुनिने लगायत समस्या देखियो । स्वास्थ्य परीक्षण गर्दा उनको दुवै मिर्गाैलामा समस्या देखिएपछि केएमसीमा उनको मिर्गाैला प्रत्यारोपण गरिएको हो ।
केएमसीले धनराजबाटै पहिलो पटक मिर्गाैला प्रत्यारोपण थालेको हो । मिर्गाैला प्रत्यारोपणका लागि केएमसीमा बिशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाइएको छ । अब मिर्गाैला प्रत्यारोपण सेवालाई निरन्तरता दिइने केएमसीका प्रिन्सिपल प्रा.डा.रतेन्द्रनाथ श्रेष्ठले बताए । ‘बिशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर केएमसीमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गरेका हौं,’ श्रेष्ठले भने, ‘पहिलो पटक गरिएको मिर्गाैला प्रत्यारोपण सफल भएको छ, अब यसलाई निरन्तरता दिन्छौं ।’
मिर्गाैला प्रत्यारोपणका लागि लगभग एकदर्जन विरामी सम्पर्कमा आइसकेको केएमसीले जनाएको छ । डा.सुनिल शर्माको प्रवेशपछि केएमसीले नयाँ सेवा विस्तारलाई तिव्रता दिएको हो । डा.शर्माले केएमसीको कार्यकारी अध्यक्ष पदबाट भने राजीनामा दिएका छन् । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्न पदबाट राजीनामा दिएका डा.शर्मा चुनाव जितेर सांसद बनिसकेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकेएमसीमा सफलतापूर्वक गरियो मिर्गाैला प्रत्यारोपण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img