मेचीनगर । रोटरी क्लब अफ मेचीनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा मेचीनगरका ३६ जनाले रगत दान गरेका छन् ।
‘मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्दै रोटरी क्लब अफ मेचीनगरले मेची उद्योग वाणिज्य संघ परिषरमा शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिलासहित ३६ जनाले रक्तदान गरेको आयुस्मान निरौलाले जानकारी दिए ।
रोटरी क्लब अफ मेचीनगर अध्यक्ष अनन्तप्रकाश वस्तीको अध्यक्षतामा आयोजना भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखा प्रमुख कुसुम कोइराला लगायतको आतिथ्य रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाको प्रविधिक सहयोग रहेको कार्यक्रममा सह–आयोजक रोट्रयाक्ट क्लब अफ मेचीनगर रहेको थियो ।
रोटरी मेचीनगरद्वारा आयोजित कार्यक्रममा ३६ जनाले गरे रक्तदान

































































































