प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई स्थापित गराउन र पत्रकारिता क्षेत्रकाे श्रीबृद्विका लागि सहयाेग गर्न आफू प्रतिवद्व रहेकाे बताएका छन् ।
प्रेस चाैतारी झापाकाे २५ ओै बार्षिकाेत्सवकाे अवसरमा आयाेजित अग्रज पत्रमार अभिनन्दन तथा सम्मान कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कार्कीले पत्रकारिताकाे पेशागत अक्ष्क्षुण राख्नका लागि पर्ने बताउदै कुनै पनि पत्रमारले आर्थिक अभावमा उपचार नपाउने अवस्था नआओस् भन्ने पक्षमा आफू रहेकाे बताए ।
पत्रकार आस्थाका आधारमा हाेईन पेशामा प्रतिवद्वता हुनुपर्नेमा जाेड दिएका कार्कीले संघीयताप्रति उत्पन्न भएका नकारात्मक धारणा चिर्न पत्रकारकाे समारात्मक भूमिकाकाे अपेक्षा गर्दै भने- प्रदेश सरमार मुख्य मन्त्री र केही मन्त्रीहरूकाे मात्रै हाे भन्ने बुझाई रह्याे, प्रदेशको सान्दर्भिकता पुष्टि गर्ने गरि काम गर्छाैं । उनले थपे- ` अहिले नै नकारात्मक टिप्पणी गर्ने बेला भइसकेकाे छैन ।´प्रदेशकाे नामाकरण हुन नसकेकाेमा दाेष सबैकाे रहेकाे बताउँदै प्रदेशकाे नामाकरण न्युनतम साझा कार्यक्रममा प्राथमिकताका साथ राखेकाे जानकारी दिए ।
मुख्य मन्त्री भएसंगै मन्त्रालयकाे संख्या घटाउने प्रतिवद्वता गरेका मन्त्री कार्कीले मन्त्रालय ९ देखि ११ वटामा सिमित रहने बताए ।
प्रेस चाैतारीका प्रथम अध्यक्ष नेत्र पाठकलाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएकाे कार्यक्रममा अग्रज पत्रकारहरू नकुल काजी, गाेविन्दचन्द्र छेत्री, केशव आचार्य, माधव विद्राेहीलाई सम्मान गरिएकाे थियाे । त्यस्तै स्व माया पकुवाललाई मरणाेपरान्त सम्मान गरिएकाे थियाे ।
सम्मानित सबैलाई सम्मान पत्र, दाेसल्ला र ढाका टाेपी लगाएर प्रमुख अतिथि कार्की, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेल लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गाैतम, फाेनिज झापा अध्यक्ष भूमिका सुब्बा, प्रेस सेन्टरका लिलाराज झापाली लगायतले शुभकामना मन्तव्य राखेकाे कार्यक्रममा ओैचित्यमाथि प्रकाश गणेश पाेखरेलले पारेका थिए भने स्वागत प्रकाश पाैडेल र सञ्चालन प्रदिप परियारले गरेका थिए ।
सम्मानित व्यक्तिको व्यक्तित्वबारे सन्ताेष आचार्यले चर्चा गरेका थिए भने सम्मान पत्र वाचन गाेपाल काफ्लेले गरेका थिए ।
पत्रकारिता क्षेत्रकाे श्रीबृद्विका लागि सहयाेग गर्ने प्रतिवद्वता, अग्रजलाई अभिन्नदन र सम्मान

































































































