झापा ११ कात्तिक । झापामा लामो समय सांगीतिक क्षेत्रमा योगदान दिएका फुर्वा योञ्जनको शुक्रबार दिउँसो निधन भएको छ ।

विगत तीन वर्षदेखि थला परेका ६२ वर्षिय योञ्जनको आज निधन भएकाे संगीतकर्मी दिपक रायमाझीले जनाएका छन् । याेञ्जन दुवै मिर्गौलाको समस्या रहेको थियो ।
बिर्तामोड –४ मा बस्दै आएका वरिष्ठ बाद्यवादक योञ्जनलाई बचाउन झापाका साहित्यकार, कलाकार , संगीतप्रेमीहरुले पहल गरेका थिए । भारतकाे दार्जिलिङ निवासी फुर्वा योञ्जनले २०३९ सालदेखि झापालाई कर्मथलो बनाएर नेपाली संगीतको क्षेत्रमा योगदान दिँदै आएका थिए ।

































































































