Homeसमाचारचन्द्रगढी सेवा समाजकाे सामुहिक देउसी सम्पन्न

चन्द्रगढी सेवा समाजकाे सामुहिक देउसी सम्पन्न

झापा । दिपावलीकाे चाैथाे दिन बुधबार विभिन्न संस्थाले र व्यक्तिहरूले सामुहिक देउसी भैलाे कार्यक्रम सम्पन्न गरेका छन् । यही अवसरमा झापाको भद्रपुरमा स्थित चन्द्रगढी सेवा समाजले सामुहिक देउसी भौलो कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका संरक्षक सदस्य भद्रपपुर १० निवासी होमनाथ घिमिरेको घरबाट बुधवार आयोजीत कार्यक्रमका बीच देउसीभौलो
कार्यक्रमको उद्घाटन गरिएको हो ।
भद्रपुर १० मा कार्यलय रहेर नगरपालिका क्षेत्रभित्र समाजिक परोपकारको क्षेत्रमा सकृय रहेको समाजले संस्कृतिको जगेर्ना
गर्ने उदेश्यले देउसी भौलो कार्यक्रम संचालन गरिएको समजका अध्यक्ष कमलप्रसाद अधिकारीले बताउनु भयो ।
उहांले देउसी भौलो कार्यक्रमबाट संकलित रकमलाई सेवामुलक धार्मिक तथा गरिव असहाय तथा दिन दुखिको क्षेत्रमा उत्त
रकम प्रयोग गरिने समेत बताउनु भयो ।
भद्रपुरका वार्ड नं ७ ,८,९ र १० का केहि घरहरुमा दउसीभौलो खेलिने समाजले जनाएको छ ।
अधिकारीको अध्यक्षता तथा संरक्षक सदस्य धिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा समाजसेवी घनश्याम
अधिकारी, रामप्रसाद दवाडी लगाएतका कार्यसमिति पदाधिकारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
उद्घाटन सत्रको कार्यक्रम संचालन समाजका उपाध्यक्ष दिपबहादुर राउतले गर्नु भएको थियो ।
त्यसैगरी साहित्य चाैतारी झापा, बिर्तामोडस्थित पाथीभरा टाेल लगायत विभिन्न संघ संस्थाले पनि सामुहिक देउसी भैलाे सम्पन्न गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचन्द्रगढी सेवा समाजकाे सामुहिक देउसी सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img