Homeसमाचारपाथीभरा टोल सुधार संस्थाको १५ औं बार्षिक सभा, सम्मान तथा पुरस्कार वितरण

पाथीभरा टोल सुधार संस्थाको १५ औं बार्षिक सभा, सम्मान तथा पुरस्कार वितरण

बिर्तामोड २५ भदौ । पाथीभरा टोल सुधार संस्थाको १५ औं बार्षिक साधारणसभा, दाता सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाद्वारा निर्माणाधिन ज्येष्ठ नागरिक सभाहल निर्माणका लागि सहयोग गर्नुहुने दाताहरुलाई सम्मान गरिएको थियो ।


स्व. गिरीराजकुमारी प्रसाईले संस्थालाई उपलब्ध गराएको १३ धुर जमिनमा संस्थाले भवन निर्माण कार्य जारी राखेको छ । सोही भवनको भुँईतलामा आयोजित कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने गंगाराम-राममाया प्रसाई, पदम कमला प्रसाई, तेजप्रसाद-अम्बिका शिवाकोटी, जयनारायण-पुष्पा लक्ष्मी आचार्यसहित ९० जना भन्दा बढी दाताहरु सहित संस्थामा स्थापित विभिन्न पुरस्कार तथा सम्मान गरिएको हो ।
कार्यक्रममा ज्येष्ठ नागरिकका रुपमा रुक्मिणा चुडाललाई सम्मान पत्र, खादा र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा प्रजातान्त्रिक योद्धा, समाजवादी चिन्तक सिके स्मृति पुरस्कारबाट २०७७ सालमा टोलबाट एसईइ परीक्षामा संलग्नमध्ये उत्कृष्ठ गोेविन चिमरिया र आदित्य मगर, चर्तुभूज भद्रशिला पुरस्कारबाट २०७८ मा एसईइ उत्कृष्ठ उषा श्रेष्ठ, जेनिशा कडरिया तथा संस्थाको तर्फबाट २०७६को एसईइमा उत्कृष्ठ निकेश ओलीलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र उहाँको परिवारकोतर्फबाट स्थापित असल बुहारी तथा सरसफाईमा उत्कृष्ठ समान गरिएको थियो । यसरी सम्मानित हुनेमा असल बुहारीका रुपमा गीता कडरिया र उत्कृष्ठ सरसफाईतर्फ खगेन्द्र–सीता तिम्सिनालाई सम्मान गरिएको थियो ।
सम्मानितलाई प्रमुख अतिथि, बिशिष्ट अतिथि, विशेष अतिथि संस्थाका अध्यक्ष लगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

No description available.


कार्यवाहक अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिशेष अतिथि ध्रुवकुमारशिवाकोटी, संस्थाका संरक्षक टेकबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष मोहन ओली, अर्जुनधारा नगरपालिका वडा नं.–७ का वडाध्यक्ष गोविन्द खतिवडा, बिर्तामोड–५ का वडा सदस्य दुर्गा शिवाकोटी, लक्ष्मी प्रसाई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विशिष्ट अतिथि भवन निर्माणका लागि जग्गा प्रदान गर्नुहुने स्व. गिरीराजकुमारी प्रसाईका छोरा बुहारी बिबेशकेशरी–संगीता प्रसाई, संस्थाका संस्थापक अध्यक्ष शिवकुमार कडरिया, चर्तुभुज भद्रशिला स्मृति पुरस्कारका संयोजक कृष्णबहादुर–देउमाया कार्की, ज्येष्ठ नागरिक समाज पाथीभरा टोलका अध्यक्ष भवानीप्रसाद चिमरिया लगायतको उपस्थिति रहेको थियो ।
२०६६ सालमा टोलमा रहेका ५६ घर संगठित भई स्थापना गरिएको पाथीभरा टोल सुधार संस्थामा हाल १२२ घर परिवार आवद्ध रहेका छन् ।


संस्थाका सचिव छविरमण बरालले सञ्चालन गरेको कार्यक्रममा संस्थाद्वारा निर्माणाधिन ज्येष्ठ नागरिक सभाहल निर्माण समितिका संयोजक नारायण चिमरियाले शब्दद्वारा स्वागत तथा पाथीभरा टोल महिला समितिका सदस्यहरुले स्वागत गीतद्वारा आगन्तुकलाई स्वागत गरेका थिए ।
कार्यवाहक अध्यक्ष शिवाकोटीले संस्थागत प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष तोया दाहालले प्रस्तुत गर्नुभएको थियो ।
पाथीभरा टोल विकास संस्थाले १ करोड ८४ लाखको लागत स्टिमेट अनुसार ४ तलाको ज्येष्ठ नागरिक सभाहल भवन बनाउने लक्ष्य राखेको बताइएको छ ।
उक्त भवन निर्माणमा हालसम्ममा ६५ लाखको काम भएको भवन निर्माण समितिका संयोजक नारायण चिमरियाले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपाथीभरा टोल सुधार संस्थाको १५ औं बार्षिक सभा, सम्मान तथा पुरस्कार वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img