बिर्तामोड २५ भदौ । पाथीभरा टोल सुधार संस्थाको अध्यक्षमा तेजप्रसाद शिवाकोटी चयन हुनुभएको छ । संस्थाको शनिबार सम्पन्न १५ औं बार्षिक साधारणसभाले संस्थाका कार्यबाहक अध्यक्ष शिवाकोटीलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजेश प्रसाई, सचिवमा छविरमण बराल, कोषाध्यक्षमा तोयानाथ दाहाल र सहसचिवमा कृष्ण अधिकारी चयन भएका छन् ।
११ सदस्यीय समितिको सदस्यहरुमा कृष्ण प्रसाई, संगिता चिमरिया, लक्ष्मी आचार्य, सिता तिम्सिना, गंगाराज प्रसाई र महेन्द्र अधिकारी चयन भएको सचिव बरालले जानकारी दिनुभयो ।
शनिबारै सम्पन्न टोलको भेलाले संस्थाको महिला समितिको पनि नयाँ नेतृत्व चयन गरेको छ ।
कमला प्रसाई अध्यक्ष रहेको महिला समितिको उपाध्यक्षमा अञ्जना अधिकारी, सचिवमा यमुना चिमरिया, कोषाध्यक्षमा गिता शिवाकोटी र सहसचिवमा उर्मिला भट्टराई चयन भएका छन् ।
समितिको सदस्यहरुमा गीता ओली, देवी कार्की, विष्णु राई, रुपा प्रसाई, शुशिला फुयाल र निर्मला कडरिया चयन भएका छन् । नयाँ नेतृत्व चयनका लागि संस्थाका पूर्व अध्यक्ष मोहन ओलीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
पाथीभरा टोल सुधार संस्थाको अध्यक्षमा शिवाकोटी, महिलामा प्रसाई

































































































