भद्रपुर । मानविय सेवामा सक्रिय संस्था रोटरी क्लव अफ भद्रपुरले भद्रपुर १० स्थित कलवलगुढी प्राथमीक विद्यालय शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा एकथान ल्यापटप कम्प्यूटर सहित शैक्षिक समाग्रीहरु वितरण गरेको हो । क्लवको T.E.A.C.H कार्यक्रम अन्तरगत क्लवले एडप्ट गरेको स्कुललाइ हैप्पी स्कुल बनाउन डिष्टिक ग्रान्डबाट प्राप्त सहयोगले स्कुललाइ खेलकुद समाग्री, स्टेशनरी, सांस्कृतिक पोशाक समेत वितरण गरिएको हो ।
क्लवका अध्यक्ष इश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानअध्यापक कल्पना नेपालले सामुदायिक स्कुललाइ गरेको सहयोगको लागि क्लवलाइ धन्यवाद दिंदै प्राप्त सामागीहरुको सहि सदुपयोग गर्ने प्रतिवद्धता जनाउनु भयो।
कार्यक्रममा स्कुलका शिक्षक, विद्यार्थीसहित क्लवका संस्थापक अध्यक्ष किशोर पराजुली, पुर्व अध्यक्षहरु राजकुमार पोखरेल, विगत ओझा, तथा विनोद चापागाइ, प्रदिप सरावगी,पवन श्रेष्ठ कविन राइ लगायतका रोटरीयनहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण रोट्याक क्लव र इनर व्यहील क्लव भद्रपुरले गरेको थियो ।
रोटरी क्लव अफ भद्रपुरद्वारा विद्यालयलाई शैक्षिक सामग्री प्रदान

































































































