बिर्तामोड ८ असार । प्रहरी धर पकडमा परेका बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्षसहित पक्राउ परेका सबैलाई बिना शर्त रिहाई गर्न विर्तामोड उद्योग बाणिज्य संघले माग गरेको छ । विर्तामोडको कृषि उपज बजार परिसरमा ब्यापार गर्ने ब्यापारी ब्यवसायीलाई विद्युत मिटर उपलब्ध गराउन नगरपालिकाले सिफारिस दिनुपर्ने माग गर्दै नगरपालिकाको गेट अगाडि धर्नामा बसेका संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सहकोषाध्यक्ष राधिका चुडाल हुमागाँईसहित व्यापारीहरुलाई प्रहरीले पक्राउ गरेपछि बाणिज्य संघले बिना शर्त रिहाईको माग गरेको हो ।
विद्युत जडानका लागि मिटरको सिफारिस गर्दै गत आइतबारदेखि निरन्तर प्रदर्शन गर्दै आएका थिए । साृेही निरन्तरता स्वरुप बुधबार धर्नामा बसेका थिए । शान्तिपूर्ण धर्नामा बसेका व्यवसायीका नेतालाई प्रहरीले जबरजस्ती पक्राउ गरेर इलाका प्रहरी कार्यालय अनारमनी पुर्याएको थियो ।
व्यवसायीका नेतालाई पक्राउ गरैसंगै संघका महिला तथा जनसम्पर्क उपाध्यक्ष र महासचिव अर्जुनकुमार मैनालीले विज्ञप्ति जारी गर्दै व्यवसायीका समस्या समाधानको माग गर्दै शान्तिपूर्ण रुपमा धर्नामा बसेका व्यवसायीका नेतालाई बिना शर्त रिहाई नगरे आन्दोलनमा उत्रिने उपाध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिर्तामोड मिटर काण्ड: बाणिज्य संघद्वारा व्यापारीको माग राख्दा पक्राउ परेका नेता रिहाईको माग गर्दै विज्ञप्ति

































































































