गौरादह १० असार । झापाको गौरादह नगरपालिका–९ बैगुनधुरास्थित सडक छेउको नालीमा डुबेर १ जनाको मृत्यु भएको छ । स्थानीय ४१ बर्षीय बुध्दराम हेमरन बुधबार बिहान घरबाट काम गर्न भनि हिडेकोमा बेलुकासम्म घर नफर्किएपनि आफन्तले खोजी कार्य शुरु गरेका थिए । खोजी गर्नेक्रममा सडक छेउको नालीको पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए ।



















