बुधबारे । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति–३ झापाले शनिवार आप्mनो १० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले आर्थिक बर्षको प्रगति प्रतिवेदन तथा संस्थाको भावि कार्ययोजना तथा रणनीति प्रस्तुत गरेमा थिए । त्यस्तै संस्थाका लेखासमितिका सदस्य ज्ञानबहादुर धिमालले संस्थाको गत आर्थिक बर्षमा करिव २८ लाख शेयर पुँजी रहेकोमा यस आर्थिक बर्षमा ४४ लाख ९ हजार शेयर पुँजी बुद्धि गरेको, ७६ लाख १९ हजार ७९० निक्षेप संकलन, १ करोड १ लाख, ३ हजार ३ सय २८ रुपैंया कर्जा लगानी तथा असुली गरि ५ करोड ८८ लाख ८३ हजारको कारोवार गरेको संस्थाले ६ लाख ८२ हजार २ सय ३१ रुपैँया नाफा गरेको लेखा प्रतिवेदन मार्फत जनाएका थिए ।
साधारण सभाकै अवसर पारेर बिभिन्न बिधामा सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा दैनिक बचतकर्ता मध्येबाट उत्कृष्ट कारोवार गर्ने बिष्णुकुमार धिमाल, महिला बचत समूहमा माईबेराङ महिला बचत समूह, ऋणीतर्फबाट लेखनाथ भट्टराई तथा गत सालमा सेयर सदस्यका छोराछोरी मध्येबाट एसईईमा उत्कृष्ट अंक ल्याउने शिवानी मैनालीलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको थियो । उनीहरुलाई अध्यक्ष, प्रमुख अतिथि र बिशिष्ट अतिथिले सम्मान गरेका थिए ।
संस्थाका अध्यक्ष ईश्वरीराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका सहकारी शाखा प्रमुख देवेन्द्र दाहालको प्रमुख आतिथ्य तथा कृषि शाखा प्रमुख कृष्ण ढुंगेलको बिशिष्ट आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दाहालले सहकारी ग्रामिण क्षेत्रमा रहेर पनि राम्रो कारोवार रहेको भन्दै खुलेर प्रशंसा गरेका थिए । बुद्धशान्तिमा ६७ वटा सहकारी रहेको जनाउँदै सबै सहकारी अब व्यवसायिक बन्नुपर्नेमा जोड दिएका थिए । बिषयगत सहकारीले आफ्नो कारेवारको ३० प्रतिशत अनिवार्य बिषयगत कारोवार गनुपर्ने बताए । उनले सहकारीको नयाँ ऐननीति अनुसार आउँदो बर्षदेखि एउटै प्रकृतिका सहकारीमा दोहोरो सदस्यता समेत लिन नपाईने बताए ।
त्यस्तै बिशिष्ट अतिथि कृष्ण ढुंगेलले पछिल्लो समय अनुदानका लागि मात्र कृषि सहकारी खोल्ने परिपेक्ष रहेको सुनाउँदै त्यस्ता सहकारीलाई पहिचान गरि वास्तबिक कृषि सहकारीलाई मात्र सरकारले अनुदान दिनुपर्नेमा जोड दिए । उनले अग्र्यानिक बुद्धशान्ति बनाउन यस्ता कृषि सहकारीहरु अगाडी बढ्नुपर्ने बताएका छन् । यसका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने समेत बताए ।
२०६६ सालमा स्थापना भएको यस सहकारीले सहकारी अभियान मार्फत बुद्धशान्तिको ग्रामिण क्षेत्रका कृषकलाई सहकारीको माध्यमबाट एकै सुत्रमा बाँधी अगाडी बढाउने र आपसमा सहयोग, सद्भाव कायम गर्दे भातृत्वको भावना जगाउनुका साथै आम कृषक र निम्न मध्यम वर्गीय समुदायमा रहने खाँचो र गर्जोलाई सहजीकरण गर्दे स्थापना कालदेखी हाल्सम्म आइपुग्दा बुद्धशान्तिमा आफ्नो छुट्टै पहिचान बनाएको अध्यक्ष ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका उपाध्यक्ष सुरज दंगालले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दे स्वागत गरेको कार्यक्रमको संचालन सचिव खेमराज कट्टेलले गरेका थिए ।