भद्रपुर १० असार । बाहुनडाँगीका हात्ती पीडित जनताले हस्ताक्षरसहितको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी झापाका प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।
बुधबार बाँच्न दे सरकार भनेर गाउँमा संकलन गरिएको हस्ताक्षरसहितको ज्ञापनपत्र हात्ती पीडितहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यालयमा पुग्ने गरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएका हुन्।
हस्ताक्षर संकलन अभियानका संयोजक सन्तोष सुवेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले संकलित हस्ताक्षरका साथमा ४ ुत्रीय माग समेत समेटिएको ज्ञापनपत्र प्रजिअ गेलाललाई बुझाएका हुन् ।
संयोजक सुवेदीले मेचीनगर–१, २, ३ र ४ का वडाबासीहरु हात्तीबाट दिनहुँ पीडित रहेका छन् । हात्तीले किसानले बर्षभरी मिहिनेत गरेको अन्नबाली खाइदिने, नष्ट गरिदिने र ज्यानै समेत लिने गरेपछि आजीत भएका स्थानीयले बाँच्न दे सरकार भन्दै जीवन रक्षाको माग गर्दै हस्ताक्षर संकलन गरिएको संयोजक सुवेदीले बताउनु भयो ।
४ सुत्रीय मागमा मानव वस्तीमा भारतबाट आउने जंगली हात्तीहरु भारततर्फ नै रोकिनुपर्ने, भारतबाट आउने हात्तीलाई रवरको गोली प्रयोग गरेर उतै फर्काउनु पर्ने मेची किनारदेखि कोशी टापुसम्मको कोरिडोरको अवधारणा तत्काल बन्द गर्नुपर्ने र जंगली जनावरबाट भएको क्षतिलाई किमार्थ पर्यटन प्रवर्धनको नाममा हुने क्रियाकलाप तत्काल बन्द गरिनुपर्ने रहेका छन् ।
संयोजक सुवेदीले ४ सुत्रीय माग तत्काल सम्बोधन नभएमा हात्ती पीडित नागरिकहरु चरणबद्ध आन्दोलनमा उत्रिनुको विकल्प बताउनु भएको छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा संयोजक सुवेदी, समाजसेवी एवम् विभिन्न दलका नेताहरु निलकण्ठ तिवारी, हरिप्रसाद उप्रेती, सनत अधिकारी, हेमलाल गुरागाई, रवि नेपाल, तीर्थ नेपाल, न्युटन कार्की, सागर कार्की, रमेश दाहाल, कौशल उप्रेती, राजेश थापा, सम्भु कार्की, निरज साम्पाङ राई, रामु सापकोटा, रजत कार्की ९इरेन०, कौशल चौहान, झलक भुजेल, प्रसान्त कोइराला, शंकर लुईटेल, विकास प्रधान, पीडित किसान रणबहादुर अधिकारी, नावालक सिम्रिक चौधरी लगायत रहेका थिए ।
बाँच्न दे सरकार भन्दै प्रधानमन्त्रीलाई बाहुनडाँगीका हात्ती पीडितको हस्ताक्षर र ज्ञापनपत्र

































































































