Homeबुद्धशान्तिस्थानीय उद्योगका उत्पादनको बजारीकरणमा जोड, मेची सर्फको प्रमोसन

स्थानीय उद्योगका उत्पादनको बजारीकरणमा जोड, मेची सर्फको प्रमोसन

बुधबारे ३१ असार । झापाको बुद्धशान्तिमा आयोजित एक कार्यक्रमका बीच स्थानीय उद्योगले उत्पादन गरेको सामग्रीको प्रयोग गरी उत्पादित सामग्रीको बजारीकरणमा सबैले भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।
एभरेष्ट साबुन उद्योगले उत्पादन गरेको मेची ब्रान्डको सर्फको प्रमोसनका लागि महिला चेम्बर बुद्धशान्तिद्वारा विशेष कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो भनाई राखेका हुन् ।
चेम्बरकी अध्यक्ष देबकुमारी सेर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रममा चेम्बरकी बाणिज्य उपाध्यक्ष हिमा चम्लागाईले सबैलाई स्थानीय उत्पादन प्रयोगमा जोडदिन अनुरोध गर्दैआफ्नै गाउँघरमा उत्पादित मेची सर्फ स्तरीय रहेको प्रतिक्रिया दिनुभएको छ ।
एभरेष्ट साबुन उद्योगका संचालक अनिल वाग्लेले कार्यक्रम आयोजना गर्ने चेम्बरलाई धन्यवाद दिँदै मेची ब्रान्डको उत्पादनहरु स्तरीय रहने जानकारी दिनुभयो । क्वालिटीलाई महत्त्वमा राखेर आफ्नो उत्पादनहरु बजारमा ल्याउने उहाँले बताउनु भएकोे छ । झापा, इलाम र मोरङमा मेची ब्रान्डको सर्फको बजारीकरण भइरहेको छ ।
अनिल वाग्ले, अनिलकुमार घिमिरे, खडानन्द लामिछाने, सौरभ श्रेष्ठ, अनुजा ढुंगाना कोइरालाको लगानी रहेको बुद्धशान्तिमा स्थापना गरिएको उद्योगले साबुन लगायतका बस्तु उत्पादन गर्दै छ । बाणिज्य उपाध्यक्ष हिमा चम्लागाईले स्वागत गरेको कार्यक्रमलाई महासचिव नर्बदा चापागाईंले संचालन गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बुद्धशान्तिस्थानीय उद्योगका उत्पादनको बजारीकरणमा जोड, मेची सर्फको प्रमोसन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img