Homeसमाचारप्रेस चौतारीका केन्द्रीय सदस्य पौडेलद्वारा एमाले र चौतारी परित्याग

प्रेस चौतारीका केन्द्रीय सदस्य पौडेलद्वारा एमाले र चौतारी परित्याग

विर्तामोड १८ माघ । नेकपा एमालेको भातृ संस्था प्रेस चौतारीका केन्द्रीय सदस्य मुक्ति पौडेलले एमालेको पार्टी सदस्यता परित्याग गर्दै कुनै पनि भातृ संस्थाको जिम्मेवारीमा नरहने उद्घोष गर्नुभएको छ ।
विगत दुई दशकदेखि नेकपा एमालेको संगठित सदस्य रहँदै विभिन्न जिम्मेवारी संहालिरहनुभएका पौडेलले एक प्रेस बक्तब्य जारी गर्दै आजैका मितिबाट नेकपा एमालेको सदस्य एवं प्रेस चौतारीको केन्द्रीय सदस्य समेत नरहने ब्यहोरा स्पष्ट पार्नुभएको हो ।
मेचीनगर–६ का स्थायी बासिन्दा पौडेल २०६४ सालदेखि नेपाल कम्युनिष्ट पार्टी एमालेको संगठित सदस्य भई हालसम्म सक्रिय रहनुभएको थियो ।
‘नेकपा एमाले निकट पार्टी एवं भातृ संस्थाहरुको नेतृत्व एवं पत्रकारिता गरिरहँदा म निकट पार्टीले प्रजातान्त्रिक पद्धति एवं लोकतान्त्रिक विधि र नीतिको पालनामा देखाएको उदासिनता एवं ब्यक्तिबाद हावी भएका कारण यो पार्टीको सदस्य रहिरहन उपयुक्त नदेखिएकाले आजैका मितिबाट नेकपा एमालेको सदस्य एवं प्रेस चौतारीको केन्द्रीय सदस्य समेत नरहने ब्यहोरा स्पष्ट पार्दछु ।’–उहाँले लेख्नुभएको छ–‘साथै आगामी दिनमा विधि, पद्धति, नीति, सिद्धान्त, सदाचार र नागरिक अधिकारका निमित्त क्रियाशिल रहने उद्घोष गर्दछु ।’
पौडेल यसअघि नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन प्रेस चौतारी नेपाल, झापाको उपाध्यक्ष, अध्यक्ष, प्रदेश उपाध्यक्ष, र हाल बहालवाला केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
के.पी. ओली नेतृत्वको सरकारले दुईपटकसम्म संसद विगठन गरेपछि त्यसका विरुद्ध सडक संघर्षमा नै उत्रनुभएका पौडेललाई संगठन समायोजनपछि प्रेस चौतारीको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो । के.पी. ओलीको नेतृत्वप्रति असन्तुष्ट रहँदै माधवकुमार नेपाल, झलनाथ खनाललगायतले नेकपा समाजवादी गठन गर्दै संसद विगठनको विपक्षमा उभिएपछि एमाले निकट पत्रकारहरु पनि दुई कित्तामा विभाजित भएका थिए ।
त्यसबेला प्रेस चौतारी झापाको नेतृत्वमा रहनुभएका पौडेलसहितका पत्रकारहरु प्रेस युनियनसँगको संयुक्त विरोध कार्यक्रममा सहभागी भएका थिए । के.पी. ओली नेतृत्वको सरकारले संसद विघटन गरेपछि झापामा पहिलोपटक पत्रकारहरु उक्त अलोकतान्त्रिक कदमका विरुद्ध सडक संघर्षमा उत्रिएका थिए । त्यसबेला मुक्ति पौडेलकै अध्यक्षतामा कोणसभा एवं विरोध ¥याली सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रेस चौतारीका केन्द्रीय सदस्य पौडेलद्वारा एमाले र चौतारी परित्याग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img