HomeFeatured 2केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

काठमाडौं १८ माघ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो ।
केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा र अस्पताल निर्देशक डा.सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका छन् । गत बर्षदेखि केएमसीको व्यवस्थापन फेरिएको छ । पूर्वी नेपालमा प्रतिष्ठित नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि केएमसीले सेवा सुविधा बढाउँदै लगेको छ । पहिले केएमसीमा आइसीयूका ३४ बेड थिए । अहिले १३४ बेड थरेर नेपालकै सबैभन्दा ठूलो १६८ बेड क्षमताको आइसीयू सेन्टर सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘अब केएमसी नेपालको सबैभन्दा ठूलो आइसीयू सेन्टर भएको छ,’ डा.शर्माले भने, ‘अहिले हामीले १६८ बेड क्षमताको आइसीयू सञ्चालमा ल्याएका छौं, नेपालका कुनैपनि निजी वा सरकारी अस्पतालमा यत्रो आइसीयू सेन्टर छैन ।’
केएमसीले यसअघि नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र बाल रोग सघन उपचार कक्ष पनि सञ्चालनमा ल्याएको छ । अहिले ६८ बेडको जेनेरल आइसीयू, ४० बेडको एनआइसीयू, २२ बेडको पल्मो आइसीयू, १२ बेडको एमआइसीयू, ११ बेडको एसआइसीयू, १० बेडको पीआइसीयू र ५ बेडको न्यूरो आइसीयू सञ्चालनमा ल्याइएको छ ।
आइसीयू शुल्क पनि नेपालकै सबैभन्दा सस्तो कायम गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । उनी भन्छन्, ‘सरकारी क्षेत्रबाट सञ्चालित वीर अस्पताल र सिभिल अस्पतालमा आईसीयू चार्ज दुई हजार छ, हामीले १९ सय रुपैयाँमै आइसीयू उपलब्ध गराउँने गरेका छौ ।’ केएमसीले नेपालका अन्य सरकारी अस्पताल र निजी अस्पतालहरु भन्दा पनि सस्तो आइसीयू शुल्क कायम गरेको दाहालको भनाई छ । केएमसीले ५८ वटा भेन्टिलेटर पनि सञ्चालनमा ल्याएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img