झापा २७ भदौ । झापा क्षेत्र नम्बर १ को विकासको आधार मानिएको रिङरोड बन्ने आधार तयार भएको छ । सरकारले भदौ २५ गते संसदमा प्रस्तुत गरेको बजेटमा ३ करोड रुपैयाँ विनियोजन गरेपछि रिङरोड निर्माणको आधार तयार भएको हो । सो प्रथम किस्ताको रकम हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको परिकल्पना, प्रस्ताव र पहलमा रिङरोडलाई रकम विनियोजन गरिएको जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नयाँ बजेटमा रिङरोडलाई बजेट हो । ७० को निर्वाचन प्रचारका क्रममा शर्मा पूर्वी झापाको विकासका परियोजना मध्ये रिङरोड प्रस्ताव गरेका थिए । सुशील कोइराला नेतृत्वको सरकारले ल्याएको पहिलो बजेट सो रिङरोड समेटिए पनि हालसम्म बजेट आएको थिएन । आर्थिक वर्ष ०७१/७२ मा रिङरोडको भूगोल उल्लेख गरी रातो किताबमा प्रकाशित भएको थियो ।
सो रिङरोडको ०७२/७३ मा डिपिआरका लागि बजेट स्वीकृतको र ०७३ मा डिपिआर सम्पन्न भएको थियोे । भूगोल परिमार्जनको प्रस्ताव र प्रस्ताव वमोजिम सर्भे भएपनि ०७४ देखि ०७७ को अवधिमा कुनै बजेट परेको थिएन। सो रिङरोडले काँकरभिट्टा, सतिघट्टा, दुहागढी, चन्द्रगढी, तेलिबाडी, धाइजन, शान्तिनगर, गडीगाउँ, बाहुनडाँगी, काँकरभिट्टा समेटेको छ । प्रवक्ता शर्माले आठ वर्ष अघि प्रस्ताव गरेको सडकलाई बजेट छुट्टिएपछि रिङरोड बन्ने आश पलाएको स्थानीयको भनाइ छ । ‘यो पहिलो किस्ताको रकम हो,नियमित बजेट थपिँदै जान्छ’, शर्माले भने- रिङरोडका लागि सरकारले बजेट विनियोजन गरेर झापा क्षेत्र नम्बर १ का बासिन्दाको आवश्यकतालाई बुझ्ने प्रयास गरेको छ। यसले चुनावका बेला प्रस्ताव गरिएको योजना बन्ने आधार तयार भएको उनले बताए ।

































































































