Homeदैनिक जंगली हात्तीको उपद्रो,गस्ती गरिदिन स्थानीयको माग

दैनिक जंगली हात्तीको उपद्रो,गस्ती गरिदिन स्थानीयको माग

बुद्धशान्ति २७ भदौ । जंगली हात्तीको बथानले धान खेती नष्ट गर्न थालेपछि झापा बुद्धशान्तिका किसान चिन्तित हुन थालेका छन् ।
आदर्श नमूना सामुदायिक बन परिषरको आसपासमा तीनवटाको संख्यामा आएका हात्तीले धान खेती नष्ट गरेसंगै किसान चिन्तित हुन थालेका हुन् ।
सो क्षेत्रमा विगत ४ दिनयता दैनिक हात्तीले दुःख दिन थालेको स्थानीय सिताराम बास्तोलाले बताउनु भयो । पसाउन लागेको धान हात्तीले गाँज उखेलेर पछार्दै खान थालेपछि गाउँबासीमा चिन्ता थपिएको बास्तोलाको भनाई छ । सो क्षेत्रमा आइतबार विहानमात्रै गंगाप्रसाद बजगाँई, रामप्रसाद घिमिरे, सिताराम बास्तोला लगायतका कृषकको धानबाली नष्ट गरेको छ ।
आदर्श नमूना सामुदायिक वनले यसअघि हात्ती नियन्त्रणका लागि वन परिषरको लगभग ४ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार गरेको थियो । मर्मत संभार र संरक्षणको अभावमा उक्त तारबार कामै नलाग्ने भएसंगै गाउँबासीमा हात्तीको त्रास बढेको हो ।
हात्ती नियन्त्रणका लागि जिल्ला वन कार्यालयको गस्ती टोलीले गस्ती गरिदिन पीडित स्थानीयले माग गरेका छन् ।
हात्तीको उपद्रोबाट आजित स्थानीयले इलाका प्रहरी कार्यालय बुधबारेमा समस्या राखेपछि जनशक्ति अभाव तथा स्रोतसाधनको कमीका कारण हात्ती आएका बेला आफूहरु उपस्थित रहन असंभव रहेको भन्दै जिल्ला बन कार्यालयको टोलीले गस्तीका लागि आग्रह गर्न सुझाव दिएको बास्तोलाले बताउनु भयो ।
जिल्ला बन कार्यालयको हात्तीका लागि गस्ती गर्ने साइरन जडित गाडीले गस्ती गरेमा हात्ती भाग्ने स्थानीयको विश्वास गर्दै उक्त गाडीले गस्ती गरिदिन माग समेत गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
दैनिक जंगली हात्तीको उपद्रो,गस्ती गरिदिन स्थानीयको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img