Homeसमाचारक्षेत्रीय प्रतिनिधि भेट्दै कांग्रेस उम्मेद्वार, सिटौलाको सातबुँदे संकल्प

क्षेत्रीय प्रतिनिधि भेट्दै कांग्रेस उम्मेद्वार, सिटौलाको सातबुँदे संकल्प

विर्तामोड २८ भदौ । नेपाली कांग्रेसको आसन्न गाउँ/नगर अधिवेशनका लागि उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारहरुले क्षेत्रीय प्रतिनिधिहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् । १४ औं महाधिवेशन अन्तरगतको निर्वाचनमा गाउँ/नगर कार्य समिति चयनका लागि क्षेत्रीय प्रतिनिधिले मात्रै मतदान गर्ने कार्यविधि पार्टीले पारित गरेपछि नेतृत्वका आकांक्षीहरुले कार्यकर्ता भेटघाटलाई तीब्र बनाएका हुन् ।
कार्यकर्ता भेटघाटकै क्रममा नेपाली कांग्रेस विर्तामोड नगर समितिका सभापति एवं आगामी कार्यकालका लागि सभापतिका उम्मेद्वार भोजराज सिटौलाको प्यानलले झापा क्षेत्र नं–५ का क्षेत्रीय प्रतिनिधिहरुसँगको भेटघाट कार्यक्रम आज सम्पन्न गरेको छ ।
जेष्ठ क्षेत्रीय प्रतिनिधि पुष्पलाल चौधरीको अध्यक्षता र भोजराज सिटौलाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर सभापति भोजराज सिटौलाले शनिश्चरे मा।वि।मा अध्ययन गदागर्दै आफू ने।वि।संघबाट राजनीतिमा प्रवेश गरेको जानकारी दिदै पार्टीको नीति, सिद्धान्त र विचारप्रतिको आफ्नो प्रतिबद्धता र अहिलेसम्मको राजनीतिक योगदानको मूल्याङ्कन गरेर आफ्नो प्यानललाई विजयी गराउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस विर्तामोड नगर समितिको भवन निर्माणका लागि लगभग २ करोड मूल्यको जग्गा जोडेको बताउँदै उहाँले आगामी कार्यकालमा पार्टी कार्यालय निर्माण गर्ने योजना सुनाउनुभयो ।
राजनीतिमा लागेर आफूले अहिलेसम्म कुनै लाभ नलिएको स्पष्ट पार्दै उहाँले आफू जीवनभर नेपाली कांग्रेस पार्टी र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाउनुभयो ।
सिटौलाको प्यानलबाट उपाध्यक्षका उम्मेद्वार सूर्य कन्दङ्वा र राजकुमार राजवंशी, सचिवका उम्मेद्वार उत्तम खनाल र दिवाकर प्रसाई, सहसचिवका उम्मेद्वार रमेश चौधरी र दिनेश पराजुलीले आ–आफ्नो राजनीतिक योगदानबारे बताउँदै आफूहरुको प्यानललाई विजयी गराउन आग्रह गरेका थिए ।
सिटौला नेतृत्वको प्यानलले आगमी दिनमा गुटरहित ब्यवस्थित र एकताबद्ध कांग्रेसको परिकल्पना, स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेद्वारलाई बहुमतसहित निर्वाचित गराउने सुनिश्चितता, पार्टीको नगर कार्यालय भवन निर्माण, पार्टीमा समान सहभागिता र समावेशिताको अनुभुति गराउने, आम नागरिकको दुःखसुखमा साथ र सहयोगको प्रतिबद्धता, युवा तथा देलकुद क्षेत्रको विकास र लोकतान्त्रिक गणतन्त्र एवं संविधान बजबुद बनाउने संकल्प प्रस्ताव अघि सारेको छ ।
लक्ष्मी आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि सिता पौडेल, उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, लीला मैनाली, गोपाल मैनाली, नरेशमान धिमाल, केशव ताम्राकार, विरु दर्नाल, ज्योती चुडाललगायतले बोल्नुभएको थियो । भेलामा उपस्थित सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरुले उक्त प्यानललाई समर्थन गर्दै लोकतान्त्रिक पद्धतिको पूर्ण पालनासहित स्वस्थ प्रतिष्पर्धा गर्न आग्रह गरेका थिए ।
भदौ २७ गतेका लागि तोकिएको गाउँ/नगर निर्वाचन नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको बैठकले आगामी असोज ९ गते गर्ने घोषणा गरिसकेको छ । वडा अधिवेशन नसकिएका लगभग २० जिल्लाको वडा अधिवेशन असोज ५ गते सकिएपछि ९ गते देशभर एकैसाथ पालिकास्तरको निर्वाचन हुने कार्यतालिका छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारक्षेत्रीय प्रतिनिधि भेट्दै कांग्रेस उम्मेद्वार, सिटौलाको सातबुँदे संकल्प
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img