Homeसमाचारसंखुवासभा घटना : पक्राऊ परे ६ जनाको हत्या गर्ने, हेपाहा प्रबृत्ति सहन...

संखुवासभा घटना : पक्राऊ परे ६ जनाको हत्या गर्ने, हेपाहा प्रबृत्ति सहन नसकेर हत्या

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उमलिङ खोलाका तेजबहादुर कार्कीको परिवारको हत्या उनकै भतिजाले गरेको निष्कर्षमा प्रहरी पुगेको छ। तेजबहादुरको भन्दा लगभग डेढ सय मिटरको दुरीमा घर रहेका २६ वर्षीय लोकबहादुर कार्कीले परिवारका ६ जनाकै हत्या गरेको भन्ने निष्कर्षमा प्रहरी पुगेको छ ।
५ दिनको अनुसन्धानपछि प्रहरीले नाताले तेजबहादुरको भतिज पर्ने लोकबहादुरलाई पक्राउ गरेको छ। तेजबहादुरको परिवारैको हत्या गरेपछि पनि लोकबहादुर घरमै थिए। पक्राउ परेका लोकबहादुरले एक्लै सबैको हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जनाएकाछन् । लोकबहादुरले सुरुमा तेजबहादुरको हत्या गरेको र उनको हत्या गरेको थाहा पाएपछि परिवार नै सखाप बनाएको प्रहरीलाई बताएका छन्। सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले हम्मरले प्रहार गरेका थियो।
तेजबहादुरको हत्या गरेको उनकी श्रीमती कमला कार्की र बुहारी रञ्जना कार्कीले देखेपछि लोकबहादुरले उनीहरुलाई पनि लखेटी लखेटी हत्या गरेको बताएका छन्। तेजबहादुरको शव सडकमा भेटिएको थियो भने कमला र रञ्जनाको शव खोल्सामा फेला परेको थियो। कमला र रञ्जनाको हत्यापछि उनले रञ्जनाका छोराछोरीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । रञ्जनाका छोराछोरी विपिन र गोमाको घर मास्तिर बारीमा हत्या गरेका थिए। उनीहरुले आमा र हजुरआमाको हत्या गरेको देखेकाले मारेको लोकबहादुरले प्रहरी समक्ष बताएका छन्। अन्तिममा तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको घरभित्रै खोले पकाइरहेको अवस्थामा हत्या भएको थियो। राम्रोसँग आँखा नदेख्ने र कान पनि नसुन्ने भएकाले तेजबहादुरका बुबा बौद्धमान भने जोगिएका थिए। स्थानीयसँग लामो सोधपुछपछि प्रहरीले लोकबहादुरलाई केन्द्रित गरेर अनुसन्धान गरिरहेको थियो। आफूलाई हेपेका कारण हत्या गरेको लोकबहादुरले प्रहरीलाई बताएका छन्।
दुई परिवारको बिचमा पहिले आर्थिक लेनदेन भएको देखिएपनि हिसाब लेनदेन बाँकी नरहेको अनुसन्धानबाट देखिएको स्रोतको भनाई छ । ‘ठूलो विषय छैन, छिमेकी बिचको सानोतिनो मनमुटावले घटना भएको देखिएको छ। तेजबहादुरले आफूलाई हेपाहा प्रवृति देखाउने गरेको र त्यही सहन नसकेर आफूले हत्या गरेको बताएका छन्’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘तेजबहादुरका दुवै छोरा विदेशमा हुँदा आर्थिक अवस्था राम्रो भएको र आफूचाहिँ विदेश जान नसकेको हीनताबोध पनि लोकबहादुरमा देखिन्छ।’
घटनाबारे आइतबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ। घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय, संघीय प्रहरी इकाइ र प्रदेश नम्बर १ का प्रहरी प्रमुखको टोली समेत घटनास्थल पुगेको थियो। घटनाको ५ दिनपछि प्रहरीले हत्या अभियुक्त समातिएका हुन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंखुवासभा घटना : पक्राऊ परे ६ जनाको हत्या गर्ने, हेपाहा प्रबृत्ति सहन...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img