भद्रपुर ८ भदौ । झापामा अहिलेसम्म लागु औषध दुव्र्यसनीको संख्यामा कमी आउन नसकेको एक तथ्याङ्गले देखाएको छ । रिचमण्ड फेलोसिप मोरङ्ग तथा नाईट चेस क्लव मेचीनगर झापाद्वारा मंगलबार भद्रपुरमा आयोजित सरोकारवालासंगको बैठकमा जनचेतनाको कमिका कारण दुव्यर्सनीको संख्यामा कमी आउन नसकेको फेलोसिप कार्यक्रमका अधिकृत गोविन्द न्यौपाने प्रस्तुत तथ्याङ्गमा उल्लेख गरिएको हो ।
कार्यक्रमको सहजीकरण गर्दै झापाका १५ वटै स्थानीय तहमा ६ हजार ८ जना कडा खालका लागुऔषध दुव्र्यसनी रहेको बताउनु भयो । ती मध्ये सातसयको हाराहारीका दुव्र्यसनी आफूहरुको सम्पर्कमा रहेको बताउनु भयो । इन्जेक्सनबाट मात्र १ हजार बढीले लागु औषध प्रयोग गर्ने गरेको उहाँको भनाई छ ।
क्लव र फेलोसिपको सहजीकरणमा मेची अञ्चल अस्पताल मार्फत बुप्रोनर्फिनको प्रयोग १ जना सहित १ सय ३५ जना प्रयोगकर्ताले औषधी सेवन गर्ने गरेको न्यौपानेको भनाई छ । जनचेतना फैलाउँदै गरेमा नियन्त्रणमा सामान्य सुधार आउने न्यौपानेले बताउनु भयो ।
कार्यक्रमकाबारे क्लवका प्रोजेक्ट अफिसर सोमराज ढकालले कार्यक्रबारे जानकारी गराउदै झापाको, दमक , काकाडभिट्टा, भद्रपुर लगायतका विभिन्न स्थानहरुबाट लागूऔषधी प्रयोगकर्ताहरुको खोजी र उपचार तथा औषधी प्रयोगमा संस्थाले सहयोगी भुमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो ।
लागू औषधी दुव्र्यसनमा कमी ल्याउन जनचेतना फैलाउनु पर्ने
































































































