Homeसमाचारपार्टी फुट्नु दुःखद, समानान्तर कमिटीको समर्थन नेकपा एकीकृत समाजवादीलाई

पार्टी फुट्नु दुःखद, समानान्तर कमिटीको समर्थन नेकपा एकीकृत समाजवादीलाई

विर्तामोड ५ भदौ । गत बैशाख ३ गते झापामा गठन भएको नेकपा एमाले नेपाल खनाल पक्षीय जिल्ला कमिटी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको छ ।
शनिबार विर्तामोडमा सम्पन्न कमिटीको बैठकले पार्टी फुट्नु राम्रो पक्ष नभएपनि केन्द्रमा नेताहरु विभाजित भइसकेपछि नेकपा एमालेको फुटप्रति खेद व्यक्त गर्दै नवगठित नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेर अघि बढ्ने निष्कर्षमा पुगेको जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज नरेश खरेलको प्रमुख आतिथ्यता तथा रेग्मीको अध्यक्षतामा सम्पन्न भेलामा रोमणी भट्टराई, देवी बराल, वेदनिधी निराला, लोकबन्धु कन्दङ्वा, भिष्म पौडेल, धर्म शिवाकोटी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
भेलामा केन्द्रीय सदस्य नरेश खरेलले केपी ओलीको स्वेच्छाचारितालाई सुधार गरेर पार्टी एकताका लागि दबाब दिने उद्देश्यले समानान्तर कमिटी गठन भएको भएपनि ओलीले आफ्नो हठलाई सुधार गर्नुसट्टा अझ बढाएर लगेका कारण नयाँ पार्टीको पक्षमा उभिनु बाध्यात्मक भएको बताउनु भयो । नयाँ पार्टीको पक्षमा आफू नभएको आशयको सामाजिक सञ्जालमा सार्वजनिक कुराप्रति कार्यकर्ताले सोधेको प्रश्नमा खरेलले ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेसंगै नयाँ पार्टीलाई समर्थन गरेर अघि बढ्नुको विकल्पै नभएको बताउँदै भन्नुभयो–‘पहिले कान छाम्नु, अनि मात्र कागका पछि कुद्नु ।’ भेलाको सञ्चालन सचिव निलमणी बरालले गर्नुभएको थियो ।
यसैबीच नेकपा एकीकृत समाजवादीको दमक नगरस्तरिय कमिटी गठन हुनुका साथै पार्टी कार्यालय समेत स्थापना भएको जिल्ला अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । नगरस्तरीय कमिटीको अध्यक्षमा महेश घिमिरे चयन हुनुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपार्टी फुट्नु दुःखद, समानान्तर कमिटीको समर्थन नेकपा एकीकृत समाजवादीलाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img