HomeFeatured 2राष्ट्रकवी घिमिरेको प्रथम स्मृति दिवस

राष्ट्रकवी घिमिरेको प्रथम स्मृति दिवस

बिर्तामोड ४ भदौं । साहित्य चौतारी बिर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा शिक्षासेवी लोकनाथ पौड्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए । संस्थाका पूर्व महासचिव राजेन्द्र संग्रौलाले राष्ट्रकवी घिमिरेको जीवनी वारे चर्चा गरेको कार्यक्रममा इलामे जेठो, चित्रा पौड्याल कोइरालाले राष्ट्रकवि घिमिरेद्धारा रचित कविता बाचन गरेका थिए । कार्यक्रममा जीवन जगदिश धिताल, अनुजा कडरिया, विदिस सिग्देल, मिन्सुहाङ लिम्बु, सञ्जिव बराइली, रोहिका तिम्सिना, भुमिका गिरीलगायतले राष्ट्रकवि घिमिरेका गीत प्रस्तुत गरेका थिए ।
बिर्तामोडमा रहेको होटल हिकोला हेरिटेजको सातौ बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देबिभक्त श्रेष्ठले होटल हिकोला हेरिटेजको स्थापनादेखि हालसम्मको अवस्था र साहित्य चौतारीको स्थापना कालदेखि नै राष्ट्रकवी घिमिरेले पुर्याएको योगदानको वारेका चर्चा गरेका थिए । सोहि कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले पर्यटन प्रवद्र्धनमा साहित्य, कला, सँस्कृतिले पारेको प्रभाव र कोरोना कहरले होटल व्यवसायको क्षेत्रमा पारेको असर वारे चर्चा गरेको थिए । संस्थापक संरक्षक श्रेष्ठकी छोरी मनिता श्रेष्ठको जन्मदिन समेत मनाइएको कार्यक्रममा साहित्य चौतारि बिर्तामोड झापाका संरक्षिका उर्मिला विमली श्रेष्ठ, उपाध्यक्ष दीपक रायमाझी, कोषाध्यक्ष भवानी गौतम, तुलसीप्रसाद भट्टराई, मणी बर्देवा, मनिका चुडाललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव खगेन्द्रा खुसी गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राष्ट्रकवी घिमिरेको प्रथम स्मृति दिवस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img