विर्तामोड ३ भदौ । सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पूरा नगर्ने १० जना कारवाहीमा परेका छन् । बिर्तामोड उद्योग बाणिज्य संघको नेतृत्वमा विहिवार गरिएको अनुगमनमा सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पूरा नगर्ने १० जनालाई जनही एक/एक सय रुपैयाँका दरले जरिवाना गरिएको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो।
बिर्तामोड बजारमा बाणिज्य संघसहित बिर्तामोड नगरपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।
वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेको तेतृत्वमा गरेको अनुगमनमा बिर्तामोड नगरपालिकाका मेघराज वास्तोला, ट्राफिक प्रहरी राजकुमार बस्नेत, रेडक्रसका प्रतिनिधि ओमप्रकाश लुइटेल, बाणिज्य संघका, महिला उपाध्यक्ष नैनाकला भट्टराई, सह कोषाध्यक्ष राधिका चुडाल, सदस्य तुलसा ढकाल, दीपक मित्तल, गौरीशंकर गुप्ता, समाजसेवी मिजास पोखरेललगायतको टोलीले अनुगमन गरेको वरिष्ठ उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । बिर्तामोड उद्योग बाणिज्य संघको नेतृत्वमा बिहिवार गरिएको अनुगमनमा सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पूरा नगर्ने १० जनालाई जनही एक सय रुपैयाँका दरले जरिवाना गरिएको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताएका छन् ।
बिर्तामोड बजारमा बाणिज्य संघसहित बिर्तामोड नगरपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।
वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेको तेतृत्वमा गरेको अनुगमनमा बिर्तामोड नगरपालिकाका मेघराज बास्तोला, ट्राफिकका सई राजकुमार बस्नेत, रेडक्रसका प्रतिनिधि ओम लुइटेल, बाणिज्य संघका, महिला उपाध्यक्ष नैनाकला भट्टराई, सह कोषाध्यक्ष राधिका चुडाल, सदस्य तुलसा ढकाल, दीपक मित्तल, गौरीशंकर गुप्ता, समाजसेवी मिजास पोखरेललगायतको टोलीले अनुगमन गरेको वरिष्ठ उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
मापदण्ड पालन नगर्ने १० जना कारवाहीमा

































































































