दुधे ३ भदौ । स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रका कर्मचारीहरुका लागि एकदिने प्रशिक्षण सम्पन्न गरेको छ ।
शिवसताक्षी नगरपालिकाको दुधेमा आयोजित प्रशिक्षण कार्यक्रममा दुधे र गौरादह सेवा केन्द्रका कर्मचारीहरुलाई संस्था सञ्चालन सम्बन्धी प्रशिक्षण दिइएको संस्थाका सचिव मनोज भट्टराईले जानकारी दिनुभयो ।
कर्मचारीहरुलाई संस्थाका अध्यक्ष केशव बस्नेत, सचिव भट्टराई, सञ्चालक समिति सदस्य सुरेन्द्र बुढाथोकी, लेखा समिति संयोजक विष्णुप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच प्रसुती राहत कार्यक्रम अन्तरगत बुधबारे सेवा केन्द्रले प्रसुती राहत वितरण गरेको बताइएको छ । बुधबारे सेवा केन्द्रका संयोजक जागिरमान राई र कर्मचारी पदमप्रसाद खड्काको टोलीले शान्त नेम्वाङ र गिता खतिवडालाई नगद ५ हजार राहत प्रदान गर्नुका साथै संस्थाको तर्फबाट नवजात शिशुको खाता खोलिदिएको सहकारीका व्यवस्थापक रुपिन चाम्लिङले जानकारी दिनुभयो ।

































































































