विर्तामोड ३ भदौ । नेकपा एमाले (समाजवादी) पार्टीका नाममा दर्ताका लागि निर्वाचन आयोगमा प्रस्तावित छ ।
माधवकुमार नेपालको नेतृत्वमा नवगठित पार्टीका नाममा दर्ताका लागि निवेदन परिरहेका बेला एमालेभित्र को–कता भन्ने ? खुल्दुली जिल्लादेखि केन्द्रसम्मै बढेको छ ।
नवगठित पार्टीमा केन्द्रीय सदस्यको नाम सार्वजनिक भइरहँदा उक्त पार्टीभित्र नरहेको भन्दै असहमति पनि आइरहेका छन् ।
माधव नेपाल नेतृत्वको पार्टीमा गठित पार्टीका केन्द्रीय सदस्यमा नाम सार्वजनिक गरिएका झापामा प्रभावशाली नेताका रुपमा चिनिएका रविन कोइरालाले आफू उक्त पार्टीमा नरहेको जनाएका छन् ।
झापाबाट रविन कोइराला, नरेश खरेल, गौरा प्रसाई, भास्कर काफ्ले, घनेन्द्र बस्नेत र खगेन्द्र चुडाललाई नवगठित नेकपा एमाले (समाजवादी)को केन्द्रीय सदस्यमा नाम सार्वजनिक भएसंगै कोइरालाले भने नवगठित पार्टीमा आफू नरहेको बताउनु भयो ।
पार्टीभित्रै विद्रोह गरेर सुधार गर्नुपर्छ भन्दै नेपाल पक्षबाट नेतृत्व गरेका कोइरालाले भन्नुभयो–‘ पार्टीभित्र सुधार हुनुपर्छ भन्ने पक्षमा हो, तर पार्टी नै फुटाएर जानुपर्छ भन्नेमा म रहिन ।’
पार्टी फुटाएर जानुपर्छ भन्ने पक्षमा रहिन–’कोइराला’

































































































