HomeFeatured 2गौरीगंजको बजेट ४६ करोड ३४ लाख ७४ हजार ३७० रुपैयाँ, प्राथमिकतामा शिक्षा...

गौरीगंजको बजेट ४६ करोड ३४ लाख ७४ हजार ३७० रुपैयाँ, प्राथमिकतामा शिक्षा र स्वास्थ्य

गौरीगंज । गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाको नवौं गाउँसभाबाट आव २०७८/०७९ को लागि कुल ४६ करोड ३४ लाख ७४ हजार ३७० रुपैयाँ बराबरको सार्वजनिक गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा सम्पन्न नवौं गाउँसभाको वजेट, नीति तथा कार्यक्रम घोषणा सभामा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले घाटा बजेट प्रस्तुत गर्नुभएको थियो । सभामा उपाध्यक्ष थापाले एककरोड ५८ लाख ७५ हजार ६३० रुपैयाँ घाटा बजेट प्रस्तुत गर्नुभएको थियो ।
गाउँसभामा प्रमुख प्रशासकिय अधिकृत राजु दाहाल, वडाध्यक्षहरु कार्तिकलाल राजवंशी, अघनुप्रसाद राजवंशी, मखना महतो, कुलप्रसाद गिरी, विजयप्रसाद सिंह गन्गाई, बद्रीनारायाण यादवलगायत गाउँकार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा कार्यालयका प्रमुख तथा कर्मचारीको सहभागिता थियो ।
अप्रत्यासित रुपमा विश्व भर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको सामना गर्नु परेका कारण आव २०७७/७८ मा तीनकरोड ७९ लाख ३६ हजार ८८० रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको थियो । गत वर्ष आवका लागि गाउँपालिकाको अनुमानित आय ४२ करोड ७२ लाख १३ हजार १२० रुपैयाँ र ४६ करोड ५१ हजार ५० लाख रुपैयाँको अनुमानित व्यय निस्केपछि घाटा बजेट प्रस्तुत भएको थियो ।
गाउँपालिकाले आगामी आवमा ०७८/७९ को लागि सबै भन्दा बढी बजेट स्वास्थ्यमा विनियोजन गरेको छ ।
गाउँपालिकाले आगामी आवका लागि शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरेको छ । शिक्षामा १ करोड ५० लाख बजेट व्यवस्थापन गरेको गाउँपालिका आफैंले स्वास्थ्य संस्था सञ्चालन गर्नका लागि १ करोड १० लाख र अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमका लागि १५ लाख गरी १ करोड २५ लाख रुपैयाँ बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । कृषि विकास कार्यक्रममा ७५ लाख, पशु विकासमा ३५ लाख, पर्यटन विकासमा ५० लाख, सहकारी तथा वित्तिय क्षेत्रमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी युवा तथा खेलकुदमा २० लाख, संस्कृति प्रबद्र्वनमा २८ लाख रुपैयाँ छुट्टायाइएको छ ।
त्यसैगरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम अन्तर्गत महिला विकासमा १० लाख, बालबालिका शिर्षकमा ५ लाख, जेष्ठ नागरिकमा ४ लाख रुपैयाँ, अपांगता ४ लाख, दलित शिर्षकमा ४ लाख, आदिवासी जनजाती शिर्षकमा ५ लाख, मधेशी मुस्लिम पिछडा वर्ग शिर्षकमा ४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी पूर्वाधार विकासतर्फ सिंचाई संरचना निर्माणमा १५ लाख, सडक तथा पुल कल्भर्टमा २ करोड २५ लाख, भवन निर्माणमा १ करोड २५ लाख, सहरी विकास (बजार निर्माण) ५० लाख, विपन्न आवासमा ५० लाख, विद्युत विस्तारमा १९ लाख, नविकरणीय उर्जामा ५ लाख रुपैयाँ, वन वातावरण तथा विपद व्यवस्थापनमा ५३ लाख, सुशासन तथा संस्थागत क्षमता विकास शिर्षकमा ५० लाख रुपैयाँ रहेको छ । विनियोजन सहितको बजेट प्रस्तुत गरेको गौरीगंज गाउँपालिकाको आगामी असार १६ गते सम्मका लागि गाउँसभा स्थगित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । असार १७ गते बस्ने बैठकले नीति कार्यक्रम तथा बजेट पारित गर्ने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गौरीगंजको बजेट ४६ करोड ३४ लाख ७४ हजार ३७० रुपैयाँ, प्राथमिकतामा शिक्षा...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img