Homeविर्तामोडविर्तामोडको बजेट १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय...

विर्तामोडको बजेट १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाँ

विर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाको बजेट प्रस्ताव गरेको छ ।
बिहिबार आयोजित सातौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख पवित्रा महतारा प्रसाईले उक्त बजेट प्रस्ताव गर्नु भएको हो । उक्त बजेट चालु आवको प्रस्तावित बजेटको १३.६७ प्रतिशत वृद्वी र संशोधित बजेटको २.९० प्रतिशतले बृद्धि हुने जनाइएको छ ।


बजेटमा आन्तरिक श्रोतबाट १५ करोड, घर जग्गा रजिष्ट्रेसन बाँडफाँडबाट १० करोड, लागत सहभागिता १ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण २२ करोड ४९ लाख, राजश्व बाँडफाँड ११ करोड ९ लाख ४६ हजार, सर्शत अनुदान ४२ करोड ८४ लाख, विशेष अनुदान १ करोड ९९ लाख, समपुरक अनुदान २ करोड ८५ लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण १ करोड ३३ लाख ७२ हजार, सर्शत अनुदान ५० हजार, राजश्व बाँडफाँड १ करोड १७ लाख ११ हजार ५ सय, समपुरक अनुदान करोड र सामाजिक सुरक्षा २० करोड गरि कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैयाँको स्रोत उल्लेख गर्दै अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
नगरपालिकाले चालु खर्चतर्फ ४४ करोड ३५ लाख १४ हजार र पुँजीगत खर्च ६६ करोड ४२ लाख ६५ हजार ५ सय तथा सामाजिक सुरक्षा वापत २० करोड गरि कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सयको व्यय हुने अनुमान गरेको छ । प्रस्तावित बजेटमा पूर्वाधार विकासतर्फ ५६ करोड १४ लाख ५० हजार, आर्थिक विकासमा २८ करोड २७ लाख, सामाजिक विकासमा ३८ करोड २ लाख १४ हजार ५ सय, वातावरण तथा विपद व्यवस्थापनमा ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकास (प्रशासनिक र चालु खर्चसमेत) ३२ करोड ९८ लाख १५ हजार बजेट विनियोजन गरिएको छ ।
विश्वव्यापी महामारीकोरुपमा रहेको कोभिड–१९को कारणबाट आन्तरिक स्रोत संकलनमा कठिनाई उत्पन्न भएको भन्दै उपप्रमुख प्रसाईले मालपोत रजिष्ट्रेसन शुल्क,घर बहाल कर,सम्पति कर, नक्सा पास दस्तुर, व्यवसाय कर प्रस्तावित भन्दा लगभग २० प्रतिशत भन्दा कम संकलन भएको बताउनु भयो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेश १ सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरसभा बैठक सुरु भएको हो । नगरसभाको अर्को बैठक असार २० गते बस्ने जनाइएको छ ।

गौरीगंजको बजेट
spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विर्तामोडविर्तामोडको बजेट १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img