Homeमहिलामहिला छहारी परिषरमा बृक्षारोपण

महिला छहारी परिषरमा बृक्षारोपण

भद्रपुर । ११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा झापाको भद्रपुर १० स्थित एकल महिला छहारी परिसारमा बिहिबार आयोजित कार्यक्रमका बीच वृक्षारोपण गरिएको छ ।
भद्रपुर नगरपालिका प्रमुख जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा छहारी आसपासको २ कठा जमिनमा सिरिस ,अमला , अम्बक लगायतका विभिन्न जातका विरुवाहरु रोपिएको हो ।
मानव अधिकारका लागि महिला एकल महिला भापाद्वारा छहारी प्रांगणमा आयोजित कार्यक्रमका बीच वृक्षारोपणको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले समय सापेक्ष एकल महिलाहरु पनि परिवर्तन हुनु पर्नेमा जोड दिनुभयो ।
उहाँले बर्तमान समयमा प्रतिष्पर्दा जित्न परिवर्तन आवश्यक भएको बताउदै परिवर्तनले मात्र समाज रुपान्तरण गर्न सकिने बताउनु भयो । एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर १० का अध्यक्ष टेकबहादुर खड्काले मन्तव्य राख्नु भएको थियो ।
दुर्गा निरौलालो संचालन गरेको कार्याक्रममा समाजिक व्यत्तित्व नेपाल भारत मैत्री संघकी केन्द्रिय सदस्य ज्योती न्यौपाने रिजाल, शुसिला बस्नेत , खड्गबहादुर खड्का ,लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलामहिला छहारी परिषरमा बृक्षारोपण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img