कञ्चना ढकाल सिटौला
२०७८ साल जेठ २१ गते गुर्भाकोट नगरपालिका वडा नं.–११ भेरि नदि किनारमा बस्तै आएका राउटे समुदायका दुई चेलीहरुलाई प्रलोभनमा पारि होटेलमा बन्दक बनाई तीन युवकले यौनजन्य कार्य गर्न बाध्य बनाएको तथ्य सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक उक्त दृश्यले पुनः एकपटक विश्वसामु नेपाली समाजको शीर निहुराएको छ। कोरोनाको बढ्दो संक्रमणका कारण मुलुक आक्रान्त भइरहेको विषम परिवेशमा गुज्रिरहेको बेला आफूलाई आधुनिक र सभ्य समाजको नागरिक हौं भन्नेहरुबाट जंगली परिवेशमा हुर्किएर अन्य समुदायसंग घुलमेल नभएका जंगलमा फिरन्ते जिबन बिताउदै आएका उनीहरुमाथि जुन दुव्र्यवहार भएको छ त्यो अत्यन्तै घृणित लज्जास्पद घटना हो यसको जति निन्दा र भत्र्सना गरेपनि पुग्दैन ।
अन्य समुदायका छोरी÷चेलीहरु बलात्कृत भएका कैयौं घटनाहरु सार्वजनिक भए । न्यायका लागि कति आवाज उठे रु आवाज उठाइएका मध्ये थोरैले मात्र न्याय पाएका छन् । न्याय नपाउने समस्याकै कारण कतिपय यौनदुव्र्यवहारका घटना समाजभित्र परिवारभित्रै दबाइएका उदाहरणहरु थुप्रै छन् । यद्यपी अहिलेसम्म राउटे समुदायमा अन्य समुदायबाट यौन दुराचार भएको घटना बाहिरिन सकेको थिएन् । अहिले पनि जंगललाई नै संसार ठानेर बसेको यो समुदायका युवतीहरुलाई प्रलोभनमा पारेर गरिएको यौनजन्य दुव्र्यवहारले अब कुनै पनि ठाउँ सुरक्षित छैन भन्ने स्पष्ट पारेको छ । कसले कुन उद्देश्यले यी युवतीहरुको व्यक्तिगत जीवनलाई बर्बाद बनाउँदै राउटे समुदायभित्र त्रासको बिजारोपण गर्यो यसले नेपाली समाज कतातिर जाँदैछ रु भन्ने अहंम प्रश्न उब्जाएको छ ।
आजको दिनसम्म आइपुग्दा राउटे समुदायले उक्त घटनाबारे थाहा पाएका छैनन । यौनजन्य दुव्र्यवहारको भिडियो राउटे बस्तिसम्म नपुगोस् भन्नका लागि स्थानीय प्रशासनले राउटे बस्तीमा प्रहरी परिचालन समेत गरिसकेको अवस्था छ । यो सकारात्मक कुरा भएपनि प्राविधिक कुरा अलि जटिल देखिन्छ । राउटे युवतीलाई होटलसम्म लगेर दुब्र्यवहार गर्ने र भिडियो सार्वजनिक गर्ने मध्ये ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई कानूनी कठघरामा उभ्याउन साविती बयानको जरुरी हुन्छ । साविती बयानका लागि पीडित आफैं उपस्थित हुनुपर्ने व्यवस्था छ । घटनाबारे थाहा नपाएको राउटे समुदाय भित्रै रहेका दुव्र्यवहारमा परेका पीडित युवतीलाई कसरी बयानमा पुर्याउछ ? भन्ने कुरा महत्वपूर्ण छ । प्राप्त जानकारी अनुसार यसअघि टिकटकमार्फत अर्कैले भाइरल बनाइदिएका उनीहरु समुदायको कारवाहीमा परिसकेका रहेको जनाइएको छ । यदि यो कुरा समुदायले थाहा पाउने हो भने उनीहरु सकुशल रहलान् भन्ने मै चिन्ता छ । किन कि राउटे समुदायको आफ्नै राजा हुन्छ । मुखिया हुन्छ । अनि उनीहरुको निर्देशन अनुसार समुदाय चल्छ । राउटे समुदायमा कानून विपरीतको काम गर्नेलाई अपराधको प्रकृति हेरेर भाला प्रयोग गरी मृत्युदण्ड समेत दिने चलन यथावत नै छ । नेपालको संविधानले कानूनले मृत्यु दण्डको परिकल्पना गरेको छैन । तर उनीहरुको आफ्नै कानून छ, आफ्नै कानून अनुसार चल्छन् । नेपालको कानून र संविधान चिन्दैनन् । राष्ट्रपति र प्रधानमन्त्री त उनीहरुका लागि दशैंमा खशी दिने राम्रा मान्छे मात्र हुन् ।
लोपोन्मुख राउटे समुदायको आफ्नै नियम परम्परा भएको कारण यौनजन्य दुर्घटनामा परेका ती युवतीलाई उनीहरुकै समुदायले स्वीकार गर्नसक्ने अवस्था न्यून रहेको अनुगमनकर्ताहरुले जनाएका छन् । समाजका टाठा–बाटा हौ भन्नेहरुले व्यक्तिगत जीवनको समेत ख्याल नगरी सार्वजनिक गरिएको भिडियोका कारण समुदायले अस्विकार गरेको खण्डमा उनीहरुको जीवन के हुने चिन्ताको विषय बनेको छ ।
नागरिकको संरक्षण गर्ने पहिलो दायित्व राज्यको हो । त्यसपछि आफूलाई सभ्य र शिक्षित भन्नेहरुको पनि उत्तिकै भूमिका रहन्छ । तर यहाँ निरन्तर तिनै सभ्य समाजका सदस्यहरुबाट नेपाली चेलीहरुलाई निरीह बनाउने काम भइरहेको छ । राउटे समुदाय भन्दा कैयौं गुना शिक्षित हु भन्ने समुदायका केही अपराधिक मनोबृति भएमा पुरुषअरुबाट उनिहरु लुटिएका छन१ जंगलि फिरन्ते जीवन बिताई हिडि रहने राउटे समुदाय आफ्नै पनमा आफ्ना पेषा र शिपहरु काठको भाडाकुडा बनाएर बेच्दै जिबिका चलाउदै आए पनि पछिल्लो समय सामाजिक सुरक्षा भत्ता राज्यबाट पाउन थालेका छन् ।
अत्याधिक मदिरा सेबन गर्ने यो समुहका बालबालिकाहरु कुपोषणका समस्याले ग्रसितहुनुका साथै मृत्युदर पनि उच्च रहेकोकुरा तथ्यांकले देखाउछ।,कन्दमुल र सिकारले जीवन चलाएका राउटेहरु आधुनिक समाजका बिकृत र अपराधिक प्रवृत्ति भएका केही ब्यक्ति वाट घटित धटनाले ब्यक्ति बिकृत प्रबृत समाजमा हाबि हुँदै गएको आभास हुन्छ ।
राउटेका मैलिकताको रक्षा सगैआयुनिक समाजका नागरिकले पाउने अत्यावश्यक अधिकार उपभोग गर्ने गरि ल्याएको कार्यक्रम उनिहरुको निम्ति फलदाई भए पनि ,राउटे बालबालिकालाई र महिलाहरुको सोझोपनको फाईदा उठाउनेहरुले सामाजिक संन्जामा बिभिन्न किसिमका फोटो भिडियोे, अनाबश्यक प्रस्न उत्तर गरेर भाईरल बनाईएका राम्रोसंग नेपालि बोल्न सम्म नजान्ने ,लजालु स्बभाबका बाहिरि समुदायसंग घुलमिल हुन नचाहाने उनीहरुलाई कसरी होटलसम्म पुर्याइयो रु उनिहरुको सोझोपन र सुन्दरता नै उनिहरुका निम्ति अभिषाप हो त रु
शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली लगायत राज्यका हरेक सुविधाबाट टाढा रहेको यो समुदाय कर्णाली प्रदेशको दैलेख र सुर्खेतमा बस्तै आएका आफ्नै मौलिकतामा रमाउँदै आएका यी चेलीहरुमाथि भएको यौनजन्य दुव्र्यवहार कसैका लागि पनि क्षम्य हुन सक्दैन ।
दैनिक रुपमा घटने यस्ता घटनाहरुले हाम्रो समाजमा मानबता सकिदै गएका संकेत गरिरहेको त छैन रु सामाजिक संजालमा टिकटक बनाएर भाईरल हुनका लागि उनिहरुको सुन्दरताको फाईदा उठाएर दुख दिनेक्रम बढि रहेको बेला उनिहरुलाई प्रलोभामा फसाइ गरिएको यौन दुरब्यबहार अत्यन्तै निन्दनिय छ । मुलुकमा भै रहेका हत्या हिसा बलत्कारका दोषिहरु माथि सक्त सजाय नहुनुले पनि अपराधिको मनोबल बढिरहेको अवस्था छ। यस्ता घटना हुन नदिन साथै अपराधिलाई निरुत्साहि गर्न दोषिलाई हदै सम्मको सजाय दिईयोस / -(लेखक एबिसी नेपाल झापाकी अध्यक्ष हुन् ।)



















