Homeसमाचारकांग्रेसको मेची अस्पतालका मेसु बाह्राकोटीलाई ध्यानाकर्षण पत्र

कांग्रेसको मेची अस्पतालका मेसु बाह्राकोटीलाई ध्यानाकर्षण पत्र

भद्रपुर । भद्रपुरस्थित मेची अस्पतालको सेवा प्रवाहमा स्तरीयता कायम गर्न ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेसले नव नियुक्त मेडिकल सुपरिटेन्डन डा. टंकप्रसाद बाह्राकोटीलाई ८ बुँदे स्मरण पत्र बुझाएको छ ।


नेपाली कांग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल तथा भद्रपुर नगर सभापति मोहन महर्जनले संयुक्त हस्ताक्षर गरेको पत्रमा विपन्नको प्रमुख उपचार स्थल रहेको अस्पताललाई सेवाग्राही मैत्री बनाउन स्तरीयता कायम हुनुपर्ने भन्दै स्मरण पत्र बुझाइएको हो ।
स्मरण पत्रमा अक्सिजन प्लान्ट निर्माणमा चासो दिनुपर्ने, विरामीको उपचारमा संवेदनशील रहनु पर्ने, पि.सि.आर. परीक्षण व्यवस्थित बनाइनु पर्ने, अस्पताल परिसरमा नियमित सरसफाई हुनुपर्ने, अस्पतालमा मुटु रोग उपचार सेवा निरन्तर अगाडि बढाइनु पर्ने, कोभिडका विरामीलाई दिँइदै आएको खानामा पौष्टिकता थप हुनुपर्ने, अस्पतालमा चलिरहेको डाइलसिस सेवा अपारदर्शी रूपमा ठेक्कामा लगाइदा सेवाग्राही मार परेकाले सच्याइनु पर्ने र अस्पताललाई मेडिकल कलेजमा स्तरीकरण गर्न थालिएको प्रयास निरन्तर अगाडि बढाउन ध्यानाकर्षण गराइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसको मेची अस्पतालका मेसु बाह्राकोटीलाई ध्यानाकर्षण पत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img