विर्तामोड २९ साउन । झापाको शिवसताक्षी–१० का ५५ बर्षीय सपन चौधरी मृत अवस्थामा फेला परेका छन् । आज विहान ११ बजेति कनकाई माइको पूलदेखि १ किलोमिटर दक्षिण खोला किनारमा पानीमा तैरिरहेको अवस्थामा चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापालाई उदृत गर्दै १ नं प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी किशोरकुमार दाहालले जानकारी दिनुभयो ।
घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले मृत्युको कारणबारे आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
माईखोलामा एकको शव फेला

































































































