विर्तामोड । विर्तामोडको कृषिथोक बजार पश्चिममा रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले नयाँ वर्ष २०७८ संगै पूर्व–पश्चिम राजमार्ग अन्तरगत विर्तामोडको मुख्य बजारमा अवस्थित पूर्वमा अवस्थित शाण्डिल्य भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।
यस अघि विर्तामोड–५ स्थित कृषिथोक बजारदेखि पश्चिममा रहेको मुख्य कार्यालयलाई स्थानान्तरण गर्दै मुक्तिचोकबाट लगभग ३ सय मिटर पूर्वमा अवस्थित शाण्डिल्य भवन (जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको कार्यालय रहेको भवन) बाट सेवा प्रवाह शुरु गरेको संस्थाका अध्यक्ष केशव बस्नेतले जानकारी दिनुभयो ।
२०६४ सालमा स्थापना भएको सहकारीका हाल २५ हजार बढी शेयर सदस्य रहेको बताइएको छ । स्वरोजगार भवानीले झापा र इलामका १५ स्थानबाट वित्तिय सेवा प्रवाह गर्दै आएको छ । १० करोड ७१ लाख शेयर पूँजी रहेको अध्यक्ष बस्नेतले बताउनु भयो ।


































































































