बिर्तामोड । बैदेशिक रोजगारीमा गएका सागर उप्रेती लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि उनको परिवारले खोजी गरिदिन आग्रह गरेका छन् ।
२०७२ साल मंसिर ८ गते विर्तामोडस्थित एक्टिभ एजेन्ट मेनपावरबाट बैदेशिक रोजगारीका लागि कतार गएका कचनकवल–६ बनियानीका ३६ वर्षिय सागर उप्रेतीको खोजी गरिदिन उनका बुबा प्रेमप्रसाद उप्रेतीले आग्रह गर्नुभएको हो ।
कतार गएको एकबर्षसम्म परिवारको सम्पर्कमा रहेपनि त्यसपछि हालसम्म सम्पर्कमा नरहेको सागरका बुवा प्रेमप्रसादले जानकारी दिनुभयो ।
कतार गएको एक वर्षसम्ममा ८० हजार रुपैयाँ घर पठाएको प्रेमप्रसादले बताउनु भयो । त्यसपछि सम्पर्क विहिन बनेका छोरा सागरको खोजीगर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७६ साल कार्तिक १० गते ८ः५७ बजे छोरा नेपाल प्रवेश गरेको रेकर्ड पाइएपनि हालसम्म छोरा सम्पर्कविहीन रहेको प्रेमप्रसादले बतानुभयो ।
छोरा सम्पर्कविहीन भएपछि छोरालाई कतार पठाउने बिर्तामोडस्थित एक्टीभ एजेन्ट मेनपावरमा छोरालाई नेपाल झिकाउन पटक –पटक अनुरोध गर्दापनि वेवास्ता गरेपछि बाध्य भएर आफूहरु मिडियासामु आउनु परेको उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा सागरकी श्रीमती रामकुमारी प्रसाईंले विवाह भएको नौ महिनादेखि आफ्नो श्रीमान् सम्पर्कविहीन भएको बताउँदै आफ्नो श्रीमानको अवस्था जिउँदो वा मृत जे भएपनि खोजी गरीदिन सवै समक्ष आग्रह गर्नुभयो।
त्यसैगरी सागरका मामा तुलसी मैनालीले भान्जाको खोजीकार्यमा सहयोग गरीदिन प्रहरी प्रशासन , मिडियाकर्मीसंग आह््रवान गर्नुभएको छ ।
कार्यक्रमको सहजीकरण रिपोटर्स क्लब झापाका अध्यक्ष शेखर सेढाईंले गरेका थिए ।
वेपत्ता सागरको खोजी गरिदिन परिवारको आग्रह, पाँचवर्षदेखि सम्पर्क विहिन

































































































