भद्रपुर । चन्द्रगढी सेवा समाजको आयोजना तथा झापा बारको सहयोगमा महिला कानून सम्बन्धि एकदिने साक्षरता प्रशिक्षण चन्द्रगढीमा सम्पन्न भएको छ । समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा महिला सचेतनाका लागि कानुनी साक्षरता सम्बन्धि एकदिने प्रशिक्षण सम्पन्न गरिएको हो ।
समाजका उपाध्यक्ष नयाँनाथ पाण्डेले स्वागत गरेको कार्यक्रममा अधिवक्ता देवी निरौला अधिकारी र उमाकान्त पोखरेलले प्रशिक्षण दिएका थिए भने भद्रपुर ९ भित्रका ३० जना महिला तथा पुरूषको सहभागिता रहेको थियो ।
देवीमाया अधिकारीको सञ्चालन रहेको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीले कानूनी रूपमा महिलाका अधिकार धेरै भए पनि सचेतना अभावमा हिंसा, अन्याय सहनु पर्ने बाध्यता न्युनिकरणका लागि प्रशिक्षण आवश्यक रहेको प्रष्ट पारेका थिए भने कार्यक्रममा भद्रपुर ९ का कार्यवाहक वडाध्यक्ष रामप्रसाद दाहाल, बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य घनश्याम अधिकारी, मानव अधिकारका लागि महिला एकल महिलाकी केन्द्रीय सचिव रेखा अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए
चन्द्रगढीमा महिला कानुनी साक्षरता प्रशिक्षण सम्पन्न

































































































