बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिको अध्यक्षमा रञ्जु प्याकुरेल सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिको एकीकरण अधिवेसनको बन्दसत्रले प्याकुरेलको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
बिर्तामोड नगर समितिको वरिष्ठ उपाध्यक्षमा किरण पौडेल निर्वाचित हुनुभएकाे छ भने बिर्तामोड नगर समितिको प्रत्येक बडाका वडाध्यक्ष र प्रत्येक वडासमितिका तीन जना सदस्य गरी ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका सहसंयोजक राष्ट्रिय प्रजातान्त्रिक शिक्षक संगठन झापाका अध्यक्ष टंक कटुवालले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएकाे कार्यक्रममा
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजकुमार पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिनु भएकाे थियाे ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा सचिव केशवप्रसाद ओझाले गर्नुभएकाे थियाे ।
राप्रापाले यसअधि मेचीनगर नगरपालिकाकाे अध्यक्षमा पनि महिलालाई नै चयन गरेकाे थियाे
राप्रपा बिर्तामोडकाे नगर अध्यक्षमा रञ्जु

































































































