HomeFeatured 2महिला बन्दीलाई सिलाई कटाई तालिम

महिला बन्दीलाई सिलाई कटाई तालिम

भद्रपुर । चेलिबेटी बेचविखन विरुद्धका क्षेत्रमा काम गर्दै आएको एबीसी नेपाल झापाले जिल्ला कारागार झापामा रहेका महिला बन्दिलाई लक्षित गरि अधारभुत सिलाई–कटाई तालिम बिहीबारदेखि शुरु गरेको छ ।
महिला बन्दीहरुले कैद भुक्तान गरेर बाहिर निस्कँदा समाजमा पुनःस्थापित हुन सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताइएको छ ।
तालिम सञ्चालनका लागि एबीसी नेपाल झापाले एक कार्यक्रमको आयोजना गरि कपडा हस्तान्तरण गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराई, कारागार प्रमुख राजेन्द्र गौतम लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले महिला बन्दी गृह (आन्तरिक) का प्रमुख कसम गहतराजलाई कपडा हस्तान्तरण गर्नुभएको थियो ।

No description available.


एबीसी नेपालको आयोजना तथा जिल्ला कारागार झापाको संयोजनमा आयोजित कार्यक्रममा कपडा हस्तान्तर गदै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बन्दि महिलाहरुले स्वाबलम्बी बनेर समाजको रुपान्तरणमा लाग्नु पर्ने बताउनु भयो । उहाँले आर्थिक अभावका कारण समाजमा महिलाहरुलाई विभेद गर्ने प्रचलन रहेको बताउदै तालिम वाट सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह समेत गर्नु भयो ।
नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी उपाध्यक्ष रेखा अधिकारीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव देवीका निरौला बस्नेतले गर्नुभएकोे एबीसी नेपालका रिता कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी झापाका अध्यक्ष लोकराज ढकालले मन्तव्य राख्नु भएको कार्यक्रममा पुस्तक समेत प्रदान गरिएको ज्योति न्यौपानेले बताउनु भयो ।
१८ जना बन्दि महिलाहरु सहभागि हुने तालिममा सिमा शर्मा, मेनुका दास र कमला राई प्रशिक्षण दिने बताइएको छ । कार्यक्रममा राष्ट्रिय अनुसन्धान झापा प्रमुख भद्रपुर नगरपालिका वडा नं. १० का वडासदस्य कमला अछामी लगायतको उपस्थिति रहेको थियो ।
विभिन्न कारणले कारागारमा पुग्न बाध्य भएका महिलाहरुले कैद भुक्तान गरेर बाहिर आफूमा भएको सीपलाई सिर्जनामा परिणत गरेर आत्मस्वाबलम्बी हुन सहज हुने भन्दै एबीसी नेपालले विभिन्न तालिमका लागि सहजीकरण गर्ने गरेको छ ।
झापा कारागारमा एबीसीले यसअघि ६ महिनासम्म व्याग बनाउने तालिम प्रदान गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महिला बन्दीलाई सिलाई कटाई तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img