Homeसमाचारसमाचारजीवीत वचन मण्डलीद्वारा नमुना प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री

जीवीत वचन मण्डलीद्वारा नमुना प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री

गैरीगाउँ । झापा गाउँपालिका(३ गैरी गाउँ स्थित नमुना प्राथमिक विद्यालयका छात्रछात्राले टेबुल, कुर्सीका साथै शैक्षिक सामग्री प्राप्त गरेका छन।एक विषेश कार्यक्रमका बिच उक्त सामग्री बिर्तामोड स्थित जिवीत वचन मण्डलीले प्रदान गरेको हो।
नमुना प्राविले आयोजना गरेको कार्यक्रममा व्यस्थापन समितिका अध्यक्ष जगतनाथ पौडेलको अध्यक्षता रहेको थियो भने गाउँपालिका प्रमुख जयनारायण शाहको प्रमुख आतिथ्यता रहेको थियो।त्यस्तै कार्यक्रममा वडाध्यक्ष मोतीलाल गणेश, प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा,कार्यपालिका सदस्य टीका बिश्वकर्मा,मण्डलीका पास्टर नामुयल राई,शिक्षक महासंघका झापा गाउँपालिका अध्यक्ष जगरनाथ राजबंशी,टाघनडुब्बा चौकी प्रमुख बिनोद बिश्वकर्मा,राससकर्मी राम निरौला,कनकाई अनलाइनकर्मी केशब चापागाईं लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा अतिथीहरुले विद्यालयको अनुगमन समेत गरेका थिए।कार्यक्रममा अध्यक्ष पौडेलले यस विद्यालयका विद्यार्थीहरुलाई स्थापना काल देखि सहयोग गर्दै आएको भन्दै वचन मण्डलीको प्रशंसा गर्नु भएको थियो।त्यस्तै प्रमुख अतिथी शाहले सबै विद्यार्थीले पढ्न पाउनु पर्छ भन्ने मान्यताका साथ शिक्षा क्षेत्रमा क्रमश बिकास गरिरहेको दाबी गर्नुभयो।उहाँले गाउँपालिका प्रबिधीमैत्री विद्यालय निर्माणका लागि प्राबिधिक सामग्री समेत वितरण गरेको बताउनु भयो।
शिक्षिका कमला बिश्वकर्माले संचालन गरेको कार्यक्रममा सहयोगको प्रशंसा गर्दै वचन मण्डलीका पास्टर नामुयल राईलाई दोसल्ला ओडाई कदरपत्रले समेत सम्मान गरिएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारजीवीत वचन मण्डलीद्वारा नमुना प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img