Homeसमाचारविर्तामोडमा बृहत धार्मिक/पर्यटकीय परियोजना

विर्तामोडमा बृहत धार्मिक/पर्यटकीय परियोजना

को हुन् सदगुरु देवचन्द्र ?

विर्तामोड । भगवान श्रीकृष्णबाट प्रत्यक्ष दर्शन पाउनुका साथै कृष्णकै मुखबाट मन्त्र सुनाइएको विश्वास गरिएका सदगुरु देवचन्द्रको नाममा झापाको विर्तामोडमा पहिलो पटक देवचन्द्र सदन निर्माण कार्य प्रारम्भ भएको छ ।
विर्तामोड १ र अर्जुनधारा नगरपालिका–६ को संगमस्थल विहानी टोलमा निर्माणाधिन सद्गुरु देवचन्द्र सदन निर्माण परियोजनालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने श्रीकृष्ण प्रणामी सेवा समिति विर्तामोड इकाईले जनाएको छ ।
श्रीकृष्ण प्रणामी सेवा समिति विर्तामोड इकाईले निर्माण गर्न लागेको देवचन्द्र सदन नेपालकै पहिलो भएको इकाई समितिका महासचिव शारदा थपलियाले जानकारी दिनुभयो । नेपालमै पहिलो पटक बन्न लागेको देवचन्द्र सदनले छुट्टै महत्व राख्ने विश्वास गरिएको छ ।


सद्गुरुका नाममा निर्माण गर्न लागिएको सदनलाई सबैले आफ्नो भन्न सक्ने तरिकाले निर्माण गर्न लागिएको इकाई समितिका अध्यक्ष हरिप्रसाद कडरियाले बताउनु भयो ।
परियोजनाको लागि ८ कठ्ठा ३ धुर जग्गा स्वामित्वमा रहेको र २ कठ्ठा ५ धुर जग्गा थपेर १० कठ्ठा ८ धुर जमिन बनाईने लक्ष राखिएको भवन निर्माण समिति अध्यक्ष कृष्णप्रसाद बजगाईंले बताएका छन् ।
देशमै १० स्थान भित्र पर्ने ठुलो परियोजनाको लागि २७ देखि ३२ करोड सम्म लागत लाग्ने प्रविधिक अनुमान गरिएको परियोजना सम्पन्न गर्नको लागि समाजसेवी धार्मिक दाताहरु, तिनै तहका सरकारी निकायलाई मुख्य आधार मानिएको छ । झापा जिल्लाकै नमूना सद्गुरु देवचन्द्र सदन निर्माण परियोजनाको हालसम्ममा १० प्रतिशत काम सम्पन्न भएको निर्माण समितिका अध्यक्ष कृष्ण बजगाँईले जानकारी दिनुभयो ।

निर्माणाधिन देवचन्द्र सदन


१० कठ्ठा ८ धुर जनिमा लगभग ३२ करोड लागन अनुमान गरिएको परियोजना भित्र एउटा प्रणामी मन्दिर, पाँचतले अतिथी सदन ६ हजार वर्गफिटका सभाहल, बाइजुराज भवन, सद्गुरु स्मम्भ, प्रवेशद्वार, धार्मिक झाँकीसहित पर्याप्त पार्किङ स्थलसहित निर्माण गरिने भएको छ ।गुरुका नाममा निर्माणाधिन परियोजना परिषरमा सोमबार आयोजित पत्रकार सम्मेलन गरेर श्रीकृष्ण प्रणामी सेवा समिति विर्तामोड इकाईले परियोजनाबारे जानकारी गराएको हो । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष पदमप्रसाद पोखरेलको प्रमुख आतिथ्य तथा विर्तामोड इकाईका अध्यक्ष कडरियाको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा देवचन्द्र सदन निर्माण समितिका अध्यक्ष कृष्ण बजगाँईले निर्माणाधिन संरचनाबारे जानकारी दिनुभएको थियो ।
को हुन् सद्गुरु श्री देवचन्द्र

प्रणामी पूर्वजन्ममा राधिका महारानी हुनुहुन्थ्यो । जब महारासलिलामा राधिका महारानीले कृष्णको पोशाक लगाएर बाँसुरी बजाउनुहुन्छ, त्यतिबेला उहाँको मनमा भाव उत्पन्न हुन्छ, म पुरुष पो हुँ कि भन्ने खालको । अन्ततः वास्तविकता यस्तै भयो ।
राािधका महारानीले महारासमा पुरुष भाव मनमा लिनु भएको कारणले यस मृत्युलोकमा पुरुष रुपमा आउनुभयो । जसको नाम हो श्री देवचन्द्रजी । उहाँ १६३८ सालमा मारवड देशको उमरकुट गाउँमा पिता मतुमेता, माताकुमरवाईको सन्तानका रुपमा उहाँको जन्म भयो । १६ करोड चन्द्रमाले सम्पूर्ण शितलता प्रदान गरिरहेको समयमा उहाँ यस धर्तिमा आउनुभएको थियो । उनै देवचन्द्रजी महाराजलाई शाष्त्रले सद्गुरु भनेर प्रमाण दिएको छ ।
ब्रम्हानन्दम परमसुखदम केवलम् ज्ञानमुर्ति
द्वन्द्वातितम् गगनश्रदिश्यम तत्व मस्यादी लक्षम्
एकम नित्यम विमल मचलम् सर्वादी साक्षी भूतम
भाभातितम त्रिगुण रहितम् सद्गुरु तम नमामी ।
यो स्कन्द पुराणको श्लोक हो । यसले स्पष्टरुपमा श्री देवचन्द्रजी महाराज जो राधाको स्वरुप हुनुहुन्थ्यो, उहाँलाई नै सद्गुरु हो भनेर प्रमाण दिएको छ ।
५ वर्षको उमेरदेखि नै उहाँमा म को हुँ ? यो संसार के हो ? भन्ने कुराहरुको जिज्ञासा बढ्दै गयो । यसको खोजी गर्दै जाँदा उहाँ गुजरातको जामनगर पुग्नुहुन्छ । त्यो क्षेत्रमा जब उहाँ पुग्नुभयो, कानजी भट्ट नाम गरेको बहुत ठूलो भागवतको विद्वानले कथा वाचन गर्दै गरेको भेट्नुभयो । मैले खोजेको चिज यहाँ रहेछ भन्ने लागेर उहाँले १४ वर्षसम्म श्रीमद्भागवत महापुराणको कथा सुन्नुभयो ।
जब उहाँ ४० वर्षको उमेर पुग्नुभयो, उहाँको जीवनमा सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट आयो । देवचन्द्र जी महाराजलाई साक्षात् भगवान श्रीकृष्णले प्रत्यक्ष दर्शन दिनुभयो । दर्शन दिएर बहुत ठूलो मन्त्र सिकाउनुभयो, जुन मन्त्र त्यतिञ्जेलसम्म दुनियामा आएको थिएन । साढे ७ करोड मन्त्रहरुभन्दा माथिको राजा तारतम महामन्त्र भनिन्छ यसलाई । तारतम् महामन्त्र उहाँले श्रीकृष्णको मुखारविन्दबाट पाउनुभयो । त्यसपछि उहाँले कृष्णलाई प्रणाम गर्नुभयो । त्यो दिनबाट कृष्णप्रणामी धर्म शुभारम्भ भयो । भगवान कृष्णले देवचन्द्रजी महाराजलाई सुनाउनुभएको मन्त्र आज हामी हामी हरेक भक्तहरुलाई दिने गर्छौं । हामीसँग अरु कुनै मन्त्र छैनन् ।
परियोजनाको उद्देश्य ः
एउटा आकर्षक नमूना पर्यटकिय स्थल । भाईचारा, विश्व बन्धुत्व, छुवाछुत तथा भेदभावरहित समाज निर्माण । सामाजिक तथा सेवामूलक कार्यहरु गर्न समन्वय गरि कार्यसंचालन । स्थानिय सरकार एवम् अन्य स्थायी संघ संस्थाहरुसँग समन्वय गरि सामाजिक तथा सेवामूलक कार्य गर्ने । पर्यावरण संरक्षण सम्बन्धी बृक्षरोपाण । सरसफाई, फोहोर व्यवस्थापन आदि कार्य गर्न जनचेतनामूलक कार्य गर्ने । विभिन्न प्रकारका स्वास्थ्य शिविर, निसशुल्क औषधी वितरण, रक्तदान निशुल्क भोजन जस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्ने । स्वदेशी तथा विदेशबाट आउने व्यक्ती, संघ, संस्थाका प्रतिनिधीहरुलाई भवन हल तथा कोठाहरु उपलब्ध गरोने । धार्मिक तथा साँस्कृतिक कार्यक्रम अन्तरगत विवाह, ब्रतबन्ध, जन्म उत्सव, जन्म जयन्ती, गोष्ठी, लघुआयमको व्यवस्थाको लागि भवन प्रयोग गर्न सुविधा प्रदान गर्ने । आकर्षण प्रणामी मन्दिर निर्माण गरेर भक्तजनहरुलाई जप, तप, ध्यान, प्रवचन आरती आदि गर्न अभिप्रेरित गर्ने । साँस्कृतिक धार्मिक र प्राकृतिक सम्पदाको जगेर्ना गरि राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने । दुव्र्यसन मुक्त समाज निर्माण गर्ने तथा सेवामुखी समाज निर्माणका लागि समुदायलाई अभिप्रेरित गर्न विभिन्न कार्यक्रम संचालन गर्ने उद्देश्य रहेको परियोजनाको विस्तृत जानकारी समेटेर प्रकाशन गरिएको ‘बुकलेट’मा उल्लेख छ ।


परियोजनाको लागि विभिन्न विभाग निर्माण गरिएका छन् । जसमा खड्गप्रसाद खरेलको संयोजकत्वमा अनुगमन, कृष्णप्रसाद बजगाईंको संयोजकत्वमा आर्थिक, चन्द्रबहादुर डाँगीको संयोजकत्मा सामाग्री खरिद, टहलदास ओलीको संयोजकत्वमा सूचना सम्प्रेषण तथा प्रचार प्रसार, तारा खतिवडाको संयोजकत्वमा सामाग्री सुरक्षा, हरि कडरियाको संयोजकत्वमा प्रशासनिक तथा सम्पर्क, रेशमराज ढकालको संयोजकत्वमा प्राविधिक, शारदाप्रसाद थपलियाको संयोजकत्वमा समस्या निराकरण तथा मूल्यांकन समिति गठन गरिएको छ ।
परियोजनाका लागि बिष्णुकुमार शर्मा कट्टेलले ३ कठ्ठा २ धुर जग्गा उपलब्ध गराएका छन् । त्यसैगरी शर्मा सहित ५३ जनाले भूमी दान गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोडमा बृहत धार्मिक/पर्यटकीय परियोजना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img