झापा १४ असार । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको जानकारी गराउँदै आगामी हप्ता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ । उहाँका अनुसार आज राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज (आइतबार) राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा तगा कोशी प्रदेशको तराई र मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाइएको छ । सोही दिन सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ ।
सोमबारदेखि भने वर्षा थप बढ्नेछ । सोमबार देशभर साधारणतया बादल लाग्ने तथा देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाइएको छ । कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मनसुन थप सक्रिय हुने

































































































