Homeसमाचारताप्लेजुङबासीको चाहना पूरा, भट्टराईलाई विश्वास जित्ने चुनौति

ताप्लेजुङबासीको चाहना पूरा, भट्टराईलाई विश्वास जित्ने चुनौति

ताप्लेजुङ १५ साउन। पाथीभरा दर्शनका क्रममा हेलिकप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको सोही मन्त्रालयमा योगेश भट्टराईले जिम्मेवारी पाएका छन् ।
ताप्लेजुङबाट प्रतिनिधिसभा सांसद चुनिएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको बुधबार सफथ लिएका हुन् । भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् ।
प्रतिनिधि निर्वाचनको पूर्व तयारीका क्रममा ताप्लेजुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई निर्वाचित गरेर पठाए आफूले मन्त्री बनाउने प्रतिवद्धता गरेका थिए । ओलीले भाषणमा भनेझै जनताले निर्वाचित गरेर पठाएपनि निर्वाचित भएर पहिलो पटक मन्त्रीमण्डल गठन गर्दा भट्टराईलाई नेकपाले मन्त्री नबनाएको भन्दै ताप्लेजुङवासीहरुले ओलीको भनाई कोड गर्दै भट्टराईलाई मन्त्री बनाउन खबरदारी गर्दै आएका थिए ।
भट्टराई पहिलो पटक मन्त्रीको जिम्मेवारीमा पुगेका हुन् । योगेशले मन्त्रीको सपथ लिएसंगै ताप्लेजुङबासीको लामो समयदेखिको चाहना पूरा भएको छ भने जनचाहनालाई बुझेर काम गर्ने भट्टराईलाई अवसर प्राप्त भएको छ । साथै युवाहरुका आशा लाग्दा नेताका रुपमा हेरिएका भट्टराईप्रति आम जनताको विश्वास जित्ने थप चुनौति छ ।
ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका योगेस भट्टराई विद्यार्थीकालबाटै राजनीतिमा होमिएका हुन् । विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।
समाजशास्त्र र मानवशास्त्र एमए गरेका भट्टराईले स्कूल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेको थियो । फलस्वरुप स्कूल उमेरबाटै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । सोही कारण उनी राजनीतिमा सक्रिय भए र छन् ।
नेपाली राजनीतिका आशा लाग्दा युवा नेताहरुमध्येका एक भट्टराईले तत्कालिन नेकपा एमालेको सचिवको जिम्मेवारी सम्हाली सकेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारताप्लेजुङबासीको चाहना पूरा, भट्टराईलाई विश्वास जित्ने चुनौति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img